हाम्रो बारेमा
“समृद्ध गलकोटका लागि” सूचना र सञ्चारका माध्यमद्वारा सहयोग पुर्याउने उद्देश्यले वि.सं. २०६७ वैशाख २७ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भएको गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले वि.सं. २०६७ असार ३ देखि बचत तथा ऋण कार्यक्रम सञ्चालन, गरी सूचना र सञ्चारलाई मुख्य ध्येय गराएको यस संस्थाले वि.सं. २०६७ फागुन २ गते देखि “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ गलकोटपत्र साप्ताहिक प्रकाशन, वि.सं. २०६८ साउन १४ गते देखि “ज्ञान, सूचना र मनोरञ्जनका लागि” सामुदायिक रेडियो गलकोट एफ.एम. १०२ थोप्लो ४ मेघाहर्ज प्रशारण प्रारम्भ गरि सेवा प्रवाह गर्दे आएको छ । स्थापना कालमा १०० वाट क्षमताको रेडियो गलकोटको क्षमता बद्धि गरी हाल ५०० वाट क्षमताको बनाइएको छ । ताराखोला गाँउपालिका संगको सहकार्यमा ताराखोलामा रिले स्टेसन निर्माण गरि २०७८ बैशाख ११ गतेदेखी ताराखोलामा ९२ थोप्लो ५ मेगाहर्जबाट पनि प्रसारण भएको छ ।
सूचना र प्रविधीमा आएको नयाँ आयामलाई आत्मासाथ गरी अनलाइन पत्रिका www.galkotfm.com निरन्तरता दिदै सञ्चालनमा ल्याईएको डिजिटल पत्रिका हो । बागलुङ जिल्लालाई कार्य क्षेत्र बनाई क्रियाशील यस संस्थामा २८ जना शेयर सदस्यहरुबाट कारोबार भएकोमा हाल ३ सय ४९ जना शेयर सदस्यहरु आवद्ध रहेका छन । हाल संस्थाले विनियम बनाई रेडियो सदस्य अभियानलाई तिव्र रुपमा अगाडि बढाएको छ । सामुदायिक रेडियो गलकोट एफ.एम. को प्रसारण समय बिहान ५ः३० देखि राति १०: ०५ बजे सम्म प्रशारण गर्ने गरिएको छ । यस संस्थाद्वारा प्रकाशित गलकोटपत्र साप्ताहिक नेपाल सरकार सूचना तथा प्रशारण विभाग प्रेस काउन्सिल बाट स्थानीय ख वर्गको पत्रपत्रिकामा वर्गिकृत भएको छ ।
संस्थामा रहेको शेयर सदस्य र शेयर पूँजी
१. जम्मा शेयर सदस्य – ३४९ जना
२. महिला शेयर सदस्य – ७९ जना
३. दलित शेयर सदस्य – १३ जना
४. जनजाति शेयर सदस्य – ६३ जना
५.मुस्लिम शेयर सदस्य – ९ जना
६. शेयर पूँजी– ७२,१३,८००।–
हाल संस्थामा रहेको जनशक्ति :
१. स्टेशन प्रमुख – १ जना
२ विज्ञापन प्रमुख – १ जना
३. कार्यक्रम संयोजक – १ जना
४ प्राविधिक – १ जना
५. बजार प्रतिनिधि – १ जना
६. समाचार सहयोगी– १ जना
७. कार्यालय सहयोगी आंशिककालिन – १ जना
८. प्राविधिक आंशिककालिन – १ जना
९. सञ्चालक समिति ११ जना
थप जनाकारिको लागी ०६८–४१२०४३, ४१२०४२
हामीले गलकोट नगरपालिका बाड नम्बर ३ हटियाबाट कार्यालय सञ्चालन गरेका छौं ।
