• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

अमेरिकी खेलकुद प्रतिनिधि टोलीद्धारा मन्त्री चौधरी सँग भेटघाट तथा अन्तरक्रिया

समाज परिवर्तनको लागि खेलकुद भन्ने नाराका साथ नेपाल भम्रणमा रहेको अमेरिकी खेलकुद प्रतिनिधि टोलीले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी सँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले नेपाल र अमेरिकी फरक क्षमता भएका खेलाडिहरुबिच नियमित प्रशिक्षण, साझा सिकाई र सहकार्य सिर्जना गर्नुपर्ने बताउनुभयो । 
उहाँले ओलम्पिक र प्यारालम्पिक खेलकुदमा अमेरिकाको नेतृत्वको पंशसा गर्दै समावेशी र अनुकुलनिय खेलकुदको क्षेत्रमा पनि दीर्घकालिन र सशक्त साझेदारी हुनुपर्ने आशा व्यक्त गर्दै नेपाल र अमेरिका बिच खेलकुदको क्षेत्रमा मित्रता कायम हुनुपर्ने बताउनुभयो ।  

अमेरिकी विदेश विभागको खेल कुटनिति अन्तर्गत भ्रमणमा रहेको १२ सदस्यीय अमेरिकी खेलकुद टोलीले मन्त्रालय तथा मन्त्रालयका पदाधिकारीहरु सँग गरेको भेटघाट तथा अन्तरक्रियाले नेपाल र अमेरिकाबिच खेलकुदको क्षेत्रमा लगानी र पुर्वाधार विकासको लागि बाटो खुल्ला गरेको क्रिकेटर प्रशिक्षक नेपाल लोकतान्त्रिक खेलकुदका केन्द्रिय सदस्य, राष्ट्रिय क्रिकेट प्रशिक्षक तथा खेल कुटनितिज्ञ अनिल अधिकारीले जानकारी दिनुभयो । 

भेटमा अमेरिकी विशेष क्षमता भएका खेलाडि, प्रशिक्षक सहित खेल कुटनितिज्ञहरुको समेत सहभागिता रहेको थियो । खेलकुद मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयको खेल कुटनिति शाखाको लगानीमा भैरहेको यो ऐतिहासिक भ्रमण र भेटघाटले नेपाल र अमेरिकाको खेलकुदको अनुभवबाट खेल पुर्वाधार प्रविधि र नेपाली खेल क्षेत्रको सुधारको लागि सहयोग लिँदै थप सम्बन्ध विस्तारको लागि पहल गर्नुपर्ने आश्यक रहेको खेल कुटनितिज्ञ अधिकारीले बताउनुभयो ।

यस कार्यक्रम अन्तरर्गत गत वर्ष नेपाल सरकारको प्रतिनिधित्व गर्दै खेल कुटनितिज्ञ अनिल अधिकारी सहित १० सदस्यीय नेपाली खेलकुदको टोलीले अमेरिका भ्रमण गरेको थियो ।
 
 

प्रतिकृया दिनुहोस

कालिका कपः पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा

कालिका कप—२०८२ खुला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । चैत्राष्टमी मेलाको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबल प्रतियोगितामा

बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ

कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु 

चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । चैत्राष्टमी मेलाको उद्घाटनसंगै भलिबल