• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

पुरुष भलिबलको उपाधि होटल समिट बागलुङलाई 

बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरीले जितेको छ ।

सोमबार बागलुङ नगरपालिका –१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा भएको गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोट नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै होटल समिट च्याम्पियन बनेको हो ।

होटल समिटले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१६ ले जितेको थियो । तेस्रो सेटमा १७–२५ ले गुमाएको होटल समिटले चौथो सेट २५–१८ ले जित्दै विजयी भयो । उपाधि जितेको होटल समिटले ट्रफीसहित नगद २ लाख १ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता गलकोट नगरपालिकाले ट्रफीसहित नगद १ लाख २१ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

सोमबार भएको खेलमा मेरो डेण्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दे तृतिय बनेको छ । मेरो डेण्टल होमले ट्रफीसहित ४४ हजार ५ सय र सान्त्वना भएको कुश्मा नगरपालिका पर्वतले ट्रफीसहित २२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको भलिवल प्रतियोगिताका संयोजक अकिलबहादुर क्षेत्री ध्रुवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

कालिका कपः पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा

कालिका कप—२०८२ खुला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । चैत्राष्टमी मेलाको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबल प्रतियोगितामा

बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ

कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु 

चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । चैत्राष्टमी मेलाको उद्घाटनसंगै भलिबल