गलकोटका कोत मन्दिरहरुमा नवदुर्गा भवानीको पुजा आराधना सहित शक्तिपीठमा बली चढाईयो
आश्विन शुक्ल नवमीका दिनमा मनाईने महानवमी पर्व आज गलकोट र आसपासका क्षेत्रमा हर्षोल्लासका साथ दुर्गा भवानीको पुजा आरधना गरी कोत घर लगायतका शक्तिपीठहरुमा बली दिएर मनाईएको छ । आज दुर्गा पुजा लगायत कार्यगरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाउने गरिन्छ ।
आज गलकोटको प्रसिद्ध धार्मिक स्थल गलकोट नगरपालिका ३ कोट मैदान स्थित गोलकोत मन्दिरमा ५ वटा राँगा र ८ वटा बोकाको बलीसहित दुर्गा भवानीको विशेष पुजाआराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवम् देविस्तोत्र पाठ गरिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताउनुभयो ।
त्यस्तै मन्दिरमा आज पुजाबाट भएको १ लाख ४ हजार ४ सय ४० आम्दानीबाट ९२ हजार ९ सय ५५ खर्च कटाई ११ हजार ४ सय बचत भएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै आजै गलकोट नगरपालिका वडा नम्वर ९ बाँसखोलामा रहेको खड्ग कालिका भगवती मन्दिर, वडा नम्वर ७ सप्ताहघाटमा रहेको खड्ग कालीका भगवती मन्दिर, वडा नम्वर २ मा रहेको जशपुर कोत मन्दिर, वडा नम्वर ४ को भुमेस्थान मन्दिर, वडा नम्वर ६ मा चरौंदि माईको थान, वडा नम्वर ११ रिघाको पञ्चौली कोत मन्दिर, छिचिम्रा माईको थान, किम्ले कोत मन्दिर, वडा नम्वर ८ बिरकोटको खड्गको थान, वडा नम्वर ९ छिसको खड्ग कालीका भगवती मन्दिर र माईको थान, वडा नम्वर १० पाण्डवखानीको सुनपानी स्थित कालीका भगवती माई मन्दिर लगायत ताराखोलाका विभिन्न भगवती मन्दिर दशैं कोत घरमा नवदुर्गा भवानीको पुजाआजा सहित बली दिईएको बताईएको छ ।
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा
लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै
लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगितामा आज
संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै
संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ । ‘राष्ट्र निर्माणमा








प्रतिकृया दिनुहोस