• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

गलकोटमा खुल्यो ‘चकटी नेवा भ्वय् छ्ये्ँ’  

गलकोटमा पहिलो पटक नेवारी खाजा घर, चकटी नेवा भ्वय् छ्ये्ँ सञ्चालनमा आएको छ । 

धौलागिरीमै पहिलोपटक गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा नेवारी कल्चर तथा संस्कृति झल्काउने र प्रवद्र्धन गर्ने गरी चकटी नेवा भ्वय् छ्ये्ँ सञ्चालनमा ल्याईएको हो । वैदेशिक रोजगारीको शिलशिलामा दुवई तथा भारतमा करिब १२ वर्ष विताउनुभएको सरन प्रधान र करिश्मा प्रधानले परिवार संगै स्वदेशमै केहि गर्नुपर्छ भनेर चकटी नेवा भ्वय् छ्ये्ँ सञ्चालनमा ल्याउनुभएको हो । 

चकटीमा नेवारी कल्चर संस्कृति झल्कने गरी, आलिमता, लाखे, नेवारी ड्रेस, आंखि झ्याल, नेवारी परिकारका खानाहरु नेवारी खाजा सेट, वारा, चटामरी, (नेवारी पिज्जा), सुकुला, चाईनिज मम, चाउमिन लगाएतका परीकारसंगै लाईभ म्युजिकको पनि व्यवस्थापन रहेको सञ्चालक सरन प्रधानले वताउनुभयो ।

चकटी नेवा भ्वय् छ्ये्ँ करिव १० लाखको लागतमा सञ्चालनमा ल्याएको प्रधानले वताउनुभयो । नेवारी पहिचान झल्काउने र नेवारी खानाको परिकारको प्रचार प्रसार गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको करिश्मा प्रधानले वताउनुभयो । 

 


 

प्रतिकृया दिनुहोस

आईपीओ निष्काशन प्रक्रिया शुरु

नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर आईपीओ निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय

ग्लोबल आइएमई बैंकद्वारा गलकोटमा वित्तिय साक्षरता तालिम सम्पन्न

ग्लोबल आइएमई बैंकद्वारा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ् सम्वन्धी एक दिने तालिम आज गलकोटमा सम्पन्न भएको छ ।  तालिममा ग्लोवल आइएमई बैंक गण्डकी

आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको