ग्लोबल आइएमई बैंकद्वारा गलकोटमा वित्तिय साक्षरता तालिम सम्पन्न
ग्लोबल आइएमई बैंकद्वारा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ् सम्वन्धी एक दिने तालिम आज गलकोटमा सम्पन्न भएको छ ।
तालिममा ग्लोवल आइएमई बैंक गण्डकी प्रदेशका प्रमुख महेश सिलवालले बैंकले बर्तमान अवस्थामा प्रदान गरेका सेवा तथा आर्थिक कारोबारको अवस्थाबारे प्रष्ट पार्नुभएको थियो । सिलवालले अहिले वाणिज्य बैंकहरु मध्ये विभिन्न परिसूचकका आधारमा ग्लोबल बैंकले अग्रणी स्थान हासिल गरेको बताउनुभयो ।
तालिममा ग्लोबल बैंकका डिजिटल बैंकिङ प्रमुख प्रकाश पौडेल डिजिटल बैंकिङ कारोबारकोे फाइदा र बेफाइदाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले डिजिटल बैंकिङ सेवा कसरी लिने र अहिलेको समयमा घरमै बसेर आर्थिक कारोवार कसरि गर्न सकिन्छ भन्ने बिषयमा प्रष्ट पार्नुभएको थियो ।
पौडेलले ग्लोबल आइएमईले डिजिटल सेवाहरुमा डेबिट तथा क्रेडिट कार्ड सुविधा, मोबाईल तथा इन्टरनेट बैंकिङ सुविधा, क्यु आर कोड स्क्यान गरि भुक्तानी सुविधा, कनेक्ट आइपिएस लगाएत विभिन्न मोवाईल वालेट सेवा उपलब्ध गराएकोले आम सेवाग्राहीले प्रयोग गर्नुपर्ने बताउनुभयो ।
ग्लोबल बैंकका बजार व्यवस्थापक राहुल भुजुले बैकको व्याजदरको अवस्था, आथिर्क सुरक्षा तथा आम नागरिकले डिजिटल बैङ्कीङ कारोबार गर्न ध्यान दिनुपर्ने बिषयबारे सहजिकरण गर्नुभएको थियो ।
ग्लोवल आइएमई बैंक गलकोट शाखाको संयोजनमा संचालित वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ तालिममा सेवाग्राही, विद्यार्थी, शिक्षक र सर्वसाधारण गरी १ सय २० जनाको सहभागिता रहेको बैंकले जनाएको छ ।
तालिममा सहभागिले बैंकले लिने सेवा शुल्क, डिजिटल कारोबारका समस्या, आर्थिक सुरक्षाको बिषयमा जिज्ञासा राखेका थिए ।
ग्लोवल आइएमई बैंकले देशभर २ सय ८७ शाखा, २ सय ५२ एटिएम, २ सय ७३ शाखा रहित बैंकिंङ सेवा, ४८ एक्सटेन्सन काउन्टर, तथा ३ ओटा प्रतिनिधी सम्पर्क कार्यालय स्थापना गरि सेवा प्रवाह गरिरहेको छ । २८ लाख सेवाग्राही रहेको ग्लोवल आइएमईं बैकमा हाल सम्म करिब १२ लाख बढिले मोबाईल बैंकिङ सेवा प्रयोग गरेको बैंकले जनाएको छ ।
कार्यक्रम ग्लोबल आइएमई बैंक गलकोट शाखाका प्रमुख श्याम ढकालको संचालनमा सम्पन्न भएको थियो ।
आईपीओ निष्काशन प्रक्रिया शुरु
नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर आईपीओ निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय
गलकोटमा खुल्यो ‘चकटी नेवा भ्वय् छ्ये्ँ’
गलकोटमा पहिलो पटक नेवारी खाजा घर, चकटी नेवा भ्वय् छ्ये्ँ सञ्चालनमा आएको छ । धौलागिरीमै पहिलोपटक गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा नेवारी कल्चर
आजदेखि नयाँ नोट साट्न पाइने
नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको








प्रतिकृया दिनुहोस