• ON AIRविबिसी सन्ध्याकालीन प्रसारण
  • UP NEXTव्यवसायिक सन्देश

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव सम्पन्न 

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सम्पन्न भएको छ । 

‘राष्ट्र निर्माणमा युवाहरूको सहभागिता, समुन्नत समाज विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गत कार्तिक ५ गतेदेखि सुरु भएको संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ आज सम्पन्न भएको हो । 

कार्यक्रमको अवसरमा आयोजना गरिएको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सरस्वती युवा क्लव रमुवा पाण्डवखानी प्रथम र गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटी द्वितिय भएका थिए । प्रतियोगितामा प्रथम भएको समुहले एक लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीय भएको समूहले ४० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र गरेका छन् । 

त्यस्तै भेट्रान्स भलिबल प्रतियोगितामा घुम्टे युवा परिवार मल्म प्रथम र रुस्दि युवा क्लव द्वितिय, खुल्ला वडा स्तरीय महिला भलिबल प्रतियोगितामा पिरो स्र्पोट्स क्लव जापान प्रथम र ताराखोला गाउँपालिका द्वितिय, विद्यालयस्तरीय १९ वर्षमुनीको पुरुष भलिबल प्रतियोगितामा शिव माध्यमिक विद्यालय प्रथम र नव प्रभात स्कुल द्वितिय भएका छन् । 

त्यस्तै सामुहिक लोक नृत्य प्रतियोगिता डिएडि डान्स ग्रुप प्रथम, न्यु लाईफ बोर्डिङ स्कुल द्वितिय र मिरमिरे युवा क्लव तृतिय भएका छन् ।
 

प्रतिकृया दिनुहोस

न्यू स्पोट्र्स क्लबको १४ औँ वार्षिकोत्सव तथा प्रथम दशैँ पूर्णिमा कप सुरु

न्यू स्पोट्र्स क्लब गलकोट नगरपालिका–११ रिघा अमर्छाको १४ औँ वार्षिकोत्सव तथा प्रथम दशैँ पूर्णिमा कप फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै  

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै 

लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ ।  प्रतियोगितामा आज

↑