• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

संविधानले दिएको अधिकारलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्छ : एनआरएनए पुर्व अध्यक्ष आचार्य

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्का पूर्व अध्यक्ष कुल आचार्यलले एनआरएनए नागरिकता कार्यान्वयनमा भइरहेको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । 
एनआरएनए नागरिकता कार्यान्वयन सम्बन्धमा न्यूयोर्कमा आयोजना गरिएको स्वागत तथा वृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले गैरआवासीय नेपालीहरुले एनआरएन नागरिकता अनिवार्य रुपमा पाउनुपर्ने माग विगत देखि नै राख्दै आएको बताउदै, संविधानले नै दिएको अधिकारलाई नेपाल सरकारले तत्काल कार्यन्वयन गर्नुेपर्ने बताउनुभयो । 

एनआरएनए उच्चस्तरीय समस्या समाधान समितिका सदस्य समेत रहनु भएका आचार्यले एनआरएनएलाई थप व्यवस्थित र गतिशील बनाउन सबै पक्षले गम्भीर भई एकतावद्ध रुपमा पहल गर्नुपर्ने समेत बताउनुभयो ।

गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा ढिलाइ हुनु गैरआवासीय नेपाली समुदायको हकहितसँग जोडिएको महत्वपुर्ण विषय भएको बताउदै आचार्यले सम्पुर्ण गैर आवसिय नेपालीहरुको हक हितको लागि पक्ष विपक्ष नभई एकतावद्ध रुपमा सहमतिको विकल्प नभएको समेत बताउनुभयो । आचार्यले सर्वोच्च अदालतको परमादेश अनुसार आगामी मे महिनाभित्रै अधिवेशन सम्पन्न गर्नुपर्ने कुरामा समेत जोड दिनुभयो । 

कार्यक्रममा सहभागिहरुले एनआरएनए नागरिकता कार्यान्वयनको लागि सरकारले ढिलाई गर्न नहुने भन्दै नागरिकता कार्यन्वयनको लागि एकतावद्ध भएर दवाब सिर्जना गरिरहने बताएका थिए । कार्यक्रम एनआरएनए अमेरिकाका उपाध्यक्ष मिन खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

रास्वपा जापानको अधिवेशन सकियो: नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जापानको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्टीको आगामी कार्य योजना तय गर्दै नागरिक मैत्री पार्टी बनाउने

गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको भेटघाट 

गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको मंगलबार वारविक्यु तथा भेटघाट कार्यक्रम सिजुओका आवेगावा रिभर साईडमा सम्पन्न भएको छ । प्रवासमा रहेका सबै

एनआरएनए अमेरिकाको उपाध्यक्षमा पुन गलकोटका खड्का निर्वाचित 

गैर आवसिय नेपाली संघ (एनआरएनए) अमेरिकाको अधिवेशन सम्पन्न भएको छ ।  संघको अध्यक्षमा पुन सुर्य लम्साल रहनुभएको छ । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा