गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको भेटघाट
गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको मंगलबार वारविक्यु तथा भेटघाट कार्यक्रम सिजुओका आवेगावा रिभर साईडमा सम्पन्न भएको छ ।
प्रवासमा रहेका सबै नेपाली जनसमुदायबिच आपसी सद्भाव कायम राख्न भेटघाट तथा भाईचाराको विकास गरि समाजमा मिलेर सन्देशमुलक काम गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्रवासमा रहेर पनि बेलाबखत स्व विवेकले रमाईलो गर्ने, रमाउने र आपसी सुखदुख साट्ने किसिमको कार्यक्रम गरीरहनुपर्ने बताउनुभयो थियो । जसले गर्दा आफ्नो मानसिक स्वास्थ्य तन्दुरुस्त हुने तथा एकआपसमा भाईचारा कायम हुने बताएका थिए ।
उक्त कार्यक्रममा गलकोट समाज जापानका अध्यक्ष कालिका थापा, गलकोट समाज जापानका संरक्षक मोहन खत्री, गलकोट समाज जापानका पुर्व महासचिव कृष्ण केसी, केन्द्रिय सदस्य राम खत्री, केन्द्रीय सल्लाहकार राम चालिसे, गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष नविन निउरे, एनआरएनए आईसिसि पदका उम्मेदवार रविन्द्र शेरचन, एभरेस्ट फुजी सोसाईटी हामामाचुका सचिव नारायण सापकोटा, स्याङ्जा समाज जापान क्षेत्रीय समिति सिजुओकाका अध्यक्ष मिलन अर्याल लगायत सिजुओकामा रहेका नेपाली व्यावसायी, रोजगारीका शिलशिलामा रहनुभएका नेपाली दाजुभाई दिदिबहिनी, नेपाली विद्यार्थि लगायतको सहभागिता रहेको गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाका सचिव चित्र बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
कार्यक्रम गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाका अध्यक्ष अर्जुन बस्नेतको अध्यक्षता, उपाध्यक्ष विशाल शर्माको स्वागत र सचिव चित्र बहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।
रास्वपा जापानको अधिवेशन सकियो: नयाँ नेतृत्व चयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जापानको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्टीको आगामी कार्य योजना तय गर्दै नागरिक मैत्री पार्टी बनाउने
संविधानले दिएको अधिकारलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्छ : एनआरएनए पुर्व अध्यक्ष आचार्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्का पूर्व अध्यक्ष कुल आचार्यलले एनआरएनए नागरिकता कार्यान्वयनमा भइरहेको ढिलाइप्रति गम्भीर
एनआरएनए अमेरिकाको उपाध्यक्षमा पुन गलकोटका खड्का निर्वाचित
गैर आवसिय नेपाली संघ (एनआरएनए) अमेरिकाको अधिवेशन सम्पन्न भएको छ । संघको अध्यक्षमा पुन सुर्य लम्साल रहनुभएको छ । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा








प्रतिकृया दिनुहोस