• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

यसरी हेर्नुहोस् आईपिओको रिजल्ट 

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । बाँडफाँटमा ५ लाख ८० हजार ५०० जनालाई आईपीओ परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

आईपीओको नतिजा प्रशोधनकै क्रममा रहेकाले केहीबेरमा क्यापिटलको वेबसाईट र मेरो सेयरमा हेर्न सकिने छ । असार २४ गतेदेखि खुलेको आईपीओमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो ।

तर, दोहोरो आवेदनका कारण ४ हजार ८०१ र अन्य कारणले ६५ हजार १७५ वटा आवेदन रद्ध भएको थियो । सदर भएका आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
इन्स्योरेन्सको आईपीओमा आवेदन गरेका कुलमध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कुल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारी र ५ प्रतिशत सामूहिक लागानी कोषलाई छुट्याएको थियो ।

आईपिओको रिजल्ट हेर्न तलको लिङ्क क्लिक गर्नुहोस्  । 

https://results.prabhucapital.com/

प्रतिकृया दिनुहोस

आईपीओ निष्काशन प्रक्रिया शुरु

नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर आईपीओ निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय

ग्लोबल आइएमई बैंकद्वारा गलकोटमा वित्तिय साक्षरता तालिम सम्पन्न

ग्लोबल आइएमई बैंकद्वारा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ् सम्वन्धी एक दिने तालिम आज गलकोटमा सम्पन्न भएको छ ।  तालिममा ग्लोवल आइएमई बैंक गण्डकी

गलकोटमा खुल्यो ‘चकटी नेवा भ्वय् छ्ये्ँ’  

गलकोटमा पहिलो पटक नेवारी खाजा घर, चकटी नेवा भ्वय् छ्ये्ँ सञ्चालनमा आएको छ ।  धौलागिरीमै पहिलोपटक गलकोट नगरपालिका वडा नम्वर ३ हटियामा नेवारी कल्चर