• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

चर्चित गायक गौतमकाे ‘फुर्के धागो २’ सार्वजनिक

(भिडियोसहित)

चर्चित गायक तथा संगितकार थानेश्वर गौतमले ‘फुर्के धागो २ ’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । गौतमले फुर्के धागो बोलको गीतको अपार सफलता पछि ‘फुर्के धागो २’  सार्वजनिक भएको हो । 

गीतमा प्रभा बर्तौलाको शब्दमा रहेको गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ । संगीत गायक गौतमले नै भर्नुभएको छ ।

भुवन लामाको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा मुख्य अभिनय कलाकार अन्जली अधिकारी र नयन डिसीको रहेको छ। यस्तै गीत एरेन्जमा उदयराज पौडेलको,भिडियो सम्पादक वीर बहादुर थारु रहेको उक्त गीतमा मिडिया संयोजन उमेश थपलियाको रहेको छ ।

फुर्के धागो २ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमले दाबी गरेको छ । कलाकारिता क्षेत्रमा गीतकार बर्तौला र गायक गौतमको सहकार्य उत्कृस्ट देखिन्छ । बर्तौलाको शब्द तथा गौतमको आवाज र संगीतमा रहेको ‘फुर्के धागो’, ‘छुट्नलाई पो रैछ क्या रे’ लगायत बोलका गीतको चर्चा गाउँदेखि सहरसम्म उत्तिकै छ ।

गायक गौतमले सालैजो, लोकगीत, रोईला, चलचित्र तथा आधुनीक र गजल गीतमा आफ्नो छुट्टै पहिचान बनाउनु सफल हुनुभएको छ । भर्सटायल गाएक गौतमको फुर्के धागो २ जननी नेपाल युट्युव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको हो । गाैतमका बाटो बन्द भो, गाईको बाच्छी भकारैमा, घुम्टे मुनी कौलेनी, धानकाे चुली, सिन्दुर लाउने हाैलीमाया, लगाएतका दर्जनाै गीतहरू दर्शकले अत्याधिक मन पराएका छन् ।

हेराै भिडियाे । 

प्रतिकृया दिनुहोस

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर

नेशन गट ट्यालेन्टको टप ९ मा गलकोटकी आयु 

नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ ।  गलकोट नगरपालिका वडा नं ६ नेपाने

नायिका पुनको “मन सय तोलाको” गीत सार्वजनिक 

देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ । तीजको गीत