नेशन गट ट्यालेन्टको टप ९ मा गलकोटकी आयु
नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ ।
गलकोट नगरपालिका वडा नं ६ नेपाने (सिरिमपाटा) हाल काठमाडौ निवासी बुवा दिलु खत्री र आमा नबिना खत्रीकी १२ वर्षिय छोरी आयु खत्री नेशन गट ट्यालेन्टको टप ९ मा पर्न सफल हुनुभएको हो ।
सानै देखि पढाई सँगै नृत्य गर्न रुचि भएकी खत्री सोको भोटिङ राउन्ड प्रवेश गर्नु भएको छ । उहाँलाई थप अघि बढ्न भोटको आवश्यकता पर्ने भएकोले सम्पुर्णलाई बढिभन्दा बढि भोट गरिदिनको लागि उहाँका बुबा दिलु खत्रीले अनुरोध समेत गर्नुभएको छ ।
खत्रीलाई भोट गर्न ई सेवा र ग्लोबल आइएमइ पे लगायतबाट गर्न सकिने उहाँले बताउनुभयो ।
काठमाडौँमा रहेको स्वतीश्री गुरुकुल आई बि वल्र्ड स्कुलमा अध्ययनरत खत्री यसअघि लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१ मा बिजेता, इन्डोनेसियाको बाली शहरमा सञ्चालित ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ को उपाधि, सातौ इन्डो नेपाल स्पोर्टस फेस्टिबल डान्स प्रतियोगिता २०२४ मा सेकेन्ड रनर अप, थाइल्यान्डमा भएको टिएन ए कन्सर्ट २०२३ मा सहभागि, एस जि इन्टर हाउस स्केटिङ प्रतियोगिताको विजेता, स्याल यु डान्स प्रतियोगितामा फस्ट रनर अप लगायतका विभिन्न प्रतियोगिता समेत जित्न सफल भईसक्नुभएको छ ।
कार्यक्रम प्रत्येक मङ्गलवार एपि वान टेलिभिजनमा राति ८ बजे देखि ९ बजे सम्म प्रसारण हुँदै आएको छ । हाई लाइट नेपालको युटुव च्यानलबाट समेत प्रसारण हुने सोको निर्णायहरुमा मिथिला शर्मा र गौरी मल्ल रहेका छन् ।
बाल प्रतिभाको खोजीका लागि एएनपी मिडिया हाउसको आयोजनामा ‘नेशन्स गट ट्यालेन्ट’ रियालिटी शो कार्यक्रम सञ्चालन भएको हो ।
चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक
चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर
नायिका पुनको “मन सय तोलाको” गीत सार्वजनिक
देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ । तीजको गीत
‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ को उपाधि गलकोटकी आयुलाई
‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ को उपाधि नेपालबाट सहभागि गलकोटकी आयु खत्रीले जित्नुभएको छ । गलकोट नगरपालिका वडा नं ६








प्रतिकृया दिनुहोस