‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ को उपाधि गलकोटकी आयुलाई
‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ को उपाधि नेपालबाट सहभागि गलकोटकी आयु खत्रीले जित्नुभएको छ ।
गलकोट नगरपालिका वडा नं ६ नेपाने (सिरिमपाटा) हाल काठमाडौ निवासी बुवा दिलु खत्री र आमा नबिना खत्रीकी १० वर्षिय छोरी आयु खत्रीले २४ देखि २५ जुनसम्म इन्डोनेसियाको आयोजनामा इन्डोनेसियाको बाली शहरमा भएको भएको ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ मा १० देशका सहभागिलाई पछि पार्दै उपाधि बिजेता बन्न सफल हुनुभएको हो । आयु सहित नेपालका ५ बालबालिकाहरुले उक्त प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगीतामा नेपालबाट नेपाली सौदर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ आयु खत्री, रिदम नेपाल, कृषा खड्गी, कर्मा कलसंग सुरुते र किड्स अफ दि इयर इन्टरनेशनल यास्ना श्रेष्ठ सहभागीे भएका थिए ।
१० भन्दा बढी राष्ट्रका सहभागी रहेको उक्त प्रतियोगितामा नेपालबाट भाग लिएका बालबालिकाहरुले नेपाली कला संस्कृति सहित सहभागी भएका थिए । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले बालबालिकालाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराएको थियो ।
प्रतियोगितामा बालबालिकाले अन्तराष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार फैजुले तयार पारेको नेपाली कला संस्कृति झल्कने बिभिन्न आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए ।
यस अघि आयुले किड्स अफ द इयर इन्टरनेशलनको उपाधि समेत जित्न सफल हुनुभएको थियो ।
चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक
चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर
नेशन गट ट्यालेन्टको टप ९ मा गलकोटकी आयु
नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ । गलकोट नगरपालिका वडा नं ६ नेपाने
नायिका पुनको “मन सय तोलाको” गीत सार्वजनिक
देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ । तीजको गीत








प्रतिकृया दिनुहोस