• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

नायिका पुनको “मन सय तोलाको” गीत सार्वजनिक 

देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ ।

तीजको गीत हालीमुहाली भइरहेको बेला गायिका पुनले मन छुने शब्द, संगीत र स्वरमा गीत सार्वजनिक गर्नुभएको हो । प्रेममा परेको मान्छे बिछोड हुँदाको पललाई शब्दमा कोरेर गीत रचेको गायिका पुनले बताउनुभयो । 

गण्डकी, धौलागिरी क्षेत्रको मौलिक गीतको नायिका भनेर परिचय बनाउनुभएकी गायिका पुनले अब भने गायिकाको रुपमा पनि परिचय फराकिलो बनाउने प्रयास गर्नुभएको छ । 
दर्जनौं गीतमा आफ्नो कला प्रस्तुत गरिसक्नुभएकी गायिका पुनको यो गीत भने पहिलो होईन । उहाँले केही समय पहिले “ठुले” नामक लोकपप शैलीको गीत बजारमा ल्याईसक्नुभएको छ । 

हङकङमा कार्यरत गायिका पुनले छोटो समय नेपाल बसाइँको क्रममा सो गीत रेकर्ड गराई बजारमा ल्याउनुभएको हो । गीतमा स्वयं गायिकाको शब्द एवं संगीत रहेको छ भने संगीत संयोजन मनोज थापा मगरको रहेको छ । मनोज थापा मगर युट्युव च्यानल मार्फत सार्वजनिक यस गीत स्टुडियोमा छायांकन गरिएको छ । 


 

प्रतिकृया दिनुहोस

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर

नेशन गट ट्यालेन्टको टप ९ मा गलकोटकी आयु 

नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ ।  गलकोट नगरपालिका वडा नं ६ नेपाने

‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ को उपाधि गलकोटकी आयुलाई 

‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ को उपाधि नेपालबाट सहभागि गलकोटकी आयु खत्रीले जित्नुभएको छ ।  गलकोट नगरपालिका वडा नं ६