युटुव ट्रेन्डिङमा दुर्गेशको तीजगीत ‘बीचबीचमा–५’
भिडियोसहित
पछिल्लो पुस्ताका निकै लोकप्रिय कलाकार तथा मोडल दुर्गेश थापाले तीज गीत बीचबीचमा–५ बजारमा ल्याउनुभएको छ ।
सोमबार सार्बजनिक गरिएको दुर्गेशको उक्त गीतले मंगलबार बिहान साढे ७ बजे सम्म अर्थात १४ घण्टामा ३ लाख ८० हजार प्लस भ्युज सहित युटुब ट्रेन्डिङको ९ औं नम्बरमा छ ।
यसअघि बीचबीचमा १ देखी ४ सम्माका सबै सिरिजबाट चर्चा कमाउनुभएका दुर्गेशले यस गीत मार्फत कोरोना भाइरसमा तीज पर्वको अबसरमा घरबाहिर नगई घरघरमै बसेर आफ्नै शैलिमा भिडभाड नगरि तिज मनाउन तथा कलाकारहरुको दैनिक संचालनको विषयलाई ब्यङग्यात्मक शैलीबाट उठान गर्नुभएको छ ।
दुर्गेश थापा र चर्चित सर्जक वसन्त थापाको स्वरमा रहेको तिजगितमा सुदेशनको बाल आवाज रहेको छ । गायक थापाको शब्द तथा संगीत रहेको तीजगितको भिडीयोमा युवा पुस्ताका चर्चित नायक तथा मोडल पल शाह, गायक दुर्गेश थापाको साथमा टुईन्स कलाकार जेभिन जेभिस् आयुशी ढकाल र सिमोन कोन्जुलगाएतका कलाकारको अभिनय रहेको छ ।
बिचबिचमा लाई गायक थापाले सोमबार डिसिरीज युट्युव च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक गर्नुभएको हो ।
भिडियो हेरौ
चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक
चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर
नेशन गट ट्यालेन्टको टप ९ मा गलकोटकी आयु
नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ । गलकोट नगरपालिका वडा नं ६ नेपाने
नायिका पुनको “मन सय तोलाको” गीत सार्वजनिक
देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ । तीजको गीत








प्रतिकृया दिनुहोस