• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव हुने 

गलकोटमा गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ आगामी पौषमा हुने भएको छ । 

आगामि पौष १ गतेदेखि ११ गतेसम्म ड्रिम टिम गलकोटको आयोजनामा गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ सञ्चालन हुन लागेको हो । 

गलकोटको खेलकुद पर्यटन, कृषि व्यापारको प्रवद्र्धनसंगै, कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव सञ्चालन गर्न लागिएको ड्रिम टिम गलकोटले जनाएको छ । महोत्सव सञ्चालनको लागि अहिले तयारी तिव्र पारिएको ड्रिम टिम गलकोटका संयोजक रुपक पाण्डेले जानकारी दिनुभयो ।

महोत्सवको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता, गलकोट डान्स आईडल २०७८, आमा समुह स्तरिय रत्यौलि गित, माछा छोप्ने, व्याडमिन्टन, मजुवा फाँट देखि कालिलेख सम्मको दौड, टेवुल टेनिस लगायतका  प्रतियोगिता सञ्चालन गर्ने गरि तयारी भएको पाण्डेले वताउनुभयो ।

महोत्सव गलकोट नगरपालिका वडा नम्वर ६ को मजुवाफाँटमा सञ्चालन गरिने जनाईएको छ ।  महोत्सवको लागि भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम भैरहेको उहाँको भनाई छ । गलकोटमा सबै पक्षसंग सहकार्य गरि गलकोटको खेलकुद सस्कृतिको जर्गेना गर्न महोत्सव संचालन गर्ने ड्रिम टिम गलकोटले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर

नेशन गट ट्यालेन्टको टप ९ मा गलकोटकी आयु 

नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ ।  गलकोट नगरपालिका वडा नं ६ नेपाने

नायिका पुनको “मन सय तोलाको” गीत सार्वजनिक 

देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ । तीजको गीत