लोकप्रिय गायक खत्रीको पञ्चेबाजा ‘फूल केशरी’ सार्वजनिक
विवाहको लागि लगनको महिना विषेश मंसिर, माघ र फागुनलाई मानिन्छ । विवाहको लागि मुख्य बाजाको रुपमा पञ्चेबाजालाई महत्वपूर्णले लिइन्छ र रमाइलो नाचगानको साथ विवाह सम्पन्न गरिन्छ ।
यस्तै महिनाको अवसर पारेर कलाकारहरुले पञ्चेबाजाका गीतहरु ल्याउने गर्दछन् । सोही अनुसार माघ महिना सुरु भएलगत्तै लगनको छेको पारेर लोक गायक बिष्णु खत्रीले ‘फूल केशरी’ बोलको पञ्चेबाजा गीत सार्वजनिक गर्नुभएको छ । विवाहको रौनकलाई प्रतिनिधित्व गरेको गीतमा लोक गायिका निरा छन्त्याल र गायक खत्रीको आवाज दिनुभएको छ ।
केही दिन अगाडि निरा छन्त्याल युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गर्नुभएको गीतलाई दर्शकले अत्याधिक रुपमा रुचाएका छन । गायक खत्रीकै मौलिक शब्द तथा संगितमा रहेको फुल केशरी अहिले निकै चर्चामा छ ।
यसभन्दा अगाडि पनि धेरै मौलिक पञ्चेबाजा गीत बजारमा ल्याएर आम दर्शक स्रोताको मन जितेका गायक खत्रीले पछिल्लो यस गीतले पनि बिगतका गीतहरुले जस्तै मार्केट लिने विश्वास व्यक्त गर्नुभयो । ‘पहिलाका गीतलाई लाखौँ दर्शक स्रोताहरुले मन पराउनुभएको थियो उहाँले भने यस गीतमा पनि त्यस्तै मौलिक शब्द समावेश छन् । राग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा आशीष अविरलको संगीत संयोजन रहेको छ ।
त्यसैगरी गीतको भिडियोमा दिलिप रेग्मीको निर्देशन रहनुका साथै राम केसीले छायांकन गरेका छन् । अमृत चापागाईंले सम्पादन गरेको भिडियोमा पछिल्लो पुस्ताका मोडेल जीवन साहनी र सलिना नेपालीले अभिनय गर्नुभएको छ ।
हेर्नुहोस म्युजिक भिडियो
युटुव ट्रेन्डिङमा दुर्गेशको तीजगीत ‘बीचबीचमा–५’
पछिल्लो पुस्ताका निकै लोकप्रिय कलाकार तथा मोडल दुर्गेश थापाले तीज गीत बीचबीचमा–५ बजारमा ल्याउनुभएको छ । सोमबार सार्बजनिक गरिएको दुर्गेशको उक्त
‘फुर्के धागो २’ सार्वजनिक
चर्चित गायक तथा संगितकार थानेश्वर गौतमले ‘फुर्के धागो २ ’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । गौतमले फुर्के धागो बोलको गीतको अपार सफलता पछि ‘फुर्के
स्यानीमाया सार्वजनिक
लोकप्रिय गायक तथा सर्जक वसन्त थापा र चन्द्रा सुवेदी (आमा)को नयाँ गीत स्यानीमायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरेक नेपाली लोक भाका डिजिटल








प्रतिकृया दिनुहोस