• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

अभिनेता पल शाह पक्राउ

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह पक्राउ परेका छन् ।

आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

सत्र वर्षीया नाबालिग गायिकालाई जबरजस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका थिए । पीडितका परिवारले नायक शाहले २०७८ वैशाख १४ गते ललाइफकाइ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

जाहेरीमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारबाही गरी कानुनबमोजिम गरी त्यही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर

नेशन गट ट्यालेन्टको टप ९ मा गलकोटकी आयु 

नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ ।  गलकोट नगरपालिका वडा नं ६ नेपाने

नायिका पुनको “मन सय तोलाको” गीत सार्वजनिक 

देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ । तीजको गीत