गलकोट बहुमुखी क्याम्पस र शैक्षिक ज्ञान महायज्ञ
गण्डकी प्रदेश बागलुङ जिल्लाको मध्यपश्चिम गलकोट क्षेत्र र यसको आसपासको क्षेत्रमा उच्च शिक्षाको प्रभावकारी पहूँच पु¥याउनका लागि वि.सं. २०६१ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी गलकोट बहुमुखी क्याम्पसको स्थापना भएको हो ।
वि.सं २०६१ मा वाचन शिरोमणि पं.नारायण प्रसाद पोखरेलको वाचकत्वमा विश्व धाधान्याञ्चल महायज्ञ गरी सञ्चालित यस गलकोट बहुमुखी क्याम्पस आज बीसौंं वर्षमा प्रवेश गर्दा पनि संस्थागत रुपमा हेर्ने हो भने अझै शैशव कालमा छ । वि.सं.२०७१ मा गलकोट बहुमुखी क्याम्पस क्याम्पस व्यवस्थापन समितिमा अध्यक्षको रुपमा प्रवेश गरी वि.सं. २०७८ बाट क्याम्पस प्रमुखको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको छु । यस क्याम्पस विभिन्न चुनौतिको सामाना गर्दै गाउँमा नै उच्च शिक्षाको वातावरण बनाएको छ ।
क्याम्पसलाई अध्ययन अध्यापन गर्ने केन्द्रको रुपमा मात्र नहेरी राष्ट्र र जनताको चेतनाको स्तर उकास्ने एक अनुसन्धान केन्द्रको रुपमा बदल्नु पर्ने एक्काइसौं शताब्दीको मान्यता हेर्दा हामी अझै सोह्रौं शताब्दीमा रहेको आभास हुन्छ । यहाँसम्म कि विपन्न वर्गका विद्याथीहरु उच्च शिक्षाको लागि गलकोटभन्दा बाहिर जान सक्दैनन उनीहरुलाई समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सिर्जना गर्न तथा देशका मुख्य शहरमा उपलब्ध उच्च शिक्षा गलकोटमा नै दिने वातावरण गराइ दक्ष जनशक्ति उत्पादनका लागि योजनाबद्ध रुपमा अगाडि बढन आवश्यक छ ।
वि..सं. २०६१ फागुन १४ देखि २२ गतेसम्म सञ्चालन भएको धान्याञ्चलको रकम समयमा नै सार्वजनिक गर्न नसक्दा तथा चन्दादाता एवं जग्गादातालाई प्रतिबद्धता गरे अनुसारको सम्मान गर्न नसक्दा सहयोगदाताहरुमा नैरश्यता आएको गुनासाहरु पनि आए । क्याम्पसले आगामी दिनमा आगामी दिनमा यस्ता कमजोरी नदोहो¥याउने प्रण गर्दै यहाँहरुले हिजो तथा आजको योगदानलाई उचित कदर गर्दै आगामी सन्ततीहरुले यहाँहरुको योगदानको उचित मूल्याँङ्कन गर्ने वातावरण तयार पार्न हामी कम्मर कसेर लागि परेको कुरा पनि अवगत गराउन चाहन्छौ ।
१० + २ अध्ययन गरिसके पछि विद्यार्थीहरुले रुचि अनुसारको विषय अध्ययन गर्न बाहिर जाने अवसरको खोजीमा विदेश जाने, साथीभाइको लहैलहैमा लागेर राजधानी काठमाडौं तथा देशका अन्य शहरहरुमा अध्ययन गर्न जाने प्रवृत्ति रहेको छ । गलकोट बहुमुखी क्याम्पसमा अध्यापन गराइने द्य।भ्म र द्यद्यक् विषयमा अध्ययन अध्यापन ुँदाहुँदै पनि यिनै विषय अध्ययन गर्न बाहिर जाने प्रवृत्तिप्रति हामी चनाखो भएर अगाडि बढेका छौ । यही विषयलाई केन्द्र बिन्दुमा राखेर हामीले अबको पहिलो प्राथमिकता भनेको द्य।भ्म र द्यद्यक् अध्यापनमा गुणस्तरीयता कसरी कायम गर्न सकिन्छ र नेपालका नाम चलेका क्याम्पसभन्दा उच्च स्तरको शिक्षा कसरी दिन सकिन्छ ? हाम्रो ध्यान त्यतातर्फ छ । दोस्रो, समयको आवश्यकताअनुसार यस क्याम्पसमा वैज्ञानिक एवं प्राविधिक धारका विषयहरु ऋत्ख्त्, द्यज्ः, द्यक्ष्त् जस्ता विषयहरुको अध्ययन गराउनु पर्दछ । तेस्रो, स्नातक तहको कक्षा गर्नु पर्दछ । चौथों पर्यटन होटल व्यवसाय एवं व्यवस्थापन विषय सम्बन्धी प्रयोगात्मक कक्षा सञ्चालन गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।
एकातिर हाम्रो ध्यान हाम्रा माथि उल्लेखित उद्देश्यहरु प्राप्तीमा केन्द्रित छ भने अर्काेतिर यस अवस्थामा त्रिभुवन विश्वविद्यालयले करिव एक हजारको सङ्ख्यामा रहेका सामुदायिक क्याम्पसहरुलाई विद्यार्थी सङ्ख्या कम भएको तथा गुणस्तरीय शिक्षाको निहूमा एक आपसमा गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । यसै वर्ष पनि करिव १६ क्याम्पस एकआपसमा समायोजन भएका छन भने आगामी वर्षमा थप सयौंको सङ्ख्यामा गाभिने बाध्यात्मक स्थिति त्रिभुवन विश्वविद्यालयले सिर्जना गरेको छ ।
नेपालको माध्यमिककालीन समयमा बाइसे चौविसें राज्यमध्ये गलकोट शक्तिशाली राज्य मानिन्थ्यो । यस्तो इतिहास बोकेको ठाउँमा एउटामात्र क्याम्पस अन्य क्याम्पससँग समायोजन हुने बाध्यात्मक परिस्थिति बन्न दिनु हुदैन । हामी अन्य क्याम्पसमा गाभिने कल्पना गर्न सक्दैनौ । लोक संस्कृति, खेलकुद एवं रेमिट्यान्सको क्षेत्रमा आप्mनो छुट्टै पहिचान बनाएको हामी गलकोटेलाई अन्य क्याम्पसमा गाभिने कुरा एक अत्यास लाग्दो, त्रासदीपूर्ण सपना हुन सक्छन । यसै कुरालाई मध्यनजर गरेर हामीले विचार, भूगोल, व्यक्तिगत स्वार्थ नातावाद, जातीवादबाट माथि उठेर अब गलकोटमा एक प्राविधिक धारसहितको स्नाकोत्तर तहको कक्षा सञ्चालन भएको एक बलियो क्याम्पसको रुपमा पाउन स्थानीय बुद्धिजीवी, गलकोट बहुमुखी क्याम्पस परिवार एवं विद्यार्थी भाइबहिनीहरु एकताबद्ध भएर अघि बढेका छौ । अवको हाम्रो मार्ग प्रविधिमैत्री व्यवहारिक, गुणस्तरीय शिक्षा प्रदान गर्ने ताकि हमीले उत्पादन गरेका जनशक्तिले देश विदेशमा रोजेका जुनसुकै विश्व विद्यालयमा अध्यन गर्ने मौका पाऊँन्, आफुले चाहेको जुनसुकै ठाउँमा रोजगारी पाउन र आवश्यक परेमा सफल व्यवसायी समेत तयार हुन सकूँन भन्ने नै हुने छ । गुणस्तरीय शिक्षालाई अगाडि बढाउन वि.सं. २०७८ आषाढ महिनामा हामीले विश्वविद्यालय अनुदान आयोगबाट त्तब्ब् ९ त्तगबष्तिथ ब्ककगचभलअभ ब्अअचभमष्बितष्यल० को मार्गमा अघि बढन आशय पत्र समेत प्राप्त गरी गुणस्तरीय शिक्षाको अवधारणा अनुरुप आधारहरु तयार भइ रहेका छन । यसै पौष महिनाको अन्त्यसम्म त्तब्ब् को पहिलो खुडकिलो स्वमूँल्याङ्कन प्रतिवेदन ९क्क्च्० विश्व विद्यालय अनुदान आयोगमा पेश गरिएको छ ।
यस परिप्रेक्ष्यमा हामीलाई एक व्यवस्थित खेल मैदानसहितको प्राङ्गण, जग्गादाता एवं चन्दादाताको जन्म जन्मान्तरसम्म यथोचित सम्मान झल्कने गरी निर्माण गरिएको स्मृति पार्क, व्यवस्थित पुस्तकालय प्रयोगशाला एवं छात्रावास, प्रशासकीय भवन, मनेवादेखि दुदिलाभाटी एवं घुस्मेलीसम्मका विद्यार्थीहरुलाई यातायातको व्यवस्था, गलकोटको ऐतिहासिकता झल्कने गरी ऐतिहासिक चिनारी संकलन गरिएको एक म्युजियम र प्रविधिमैत्री एवं व्यवहारिक शिक्षा प्रदान गर्न पूर्वाधारको निर्माणस्थल बनाउन कम्तिमा २० रोपनी जग्गा व्यवस्थापन र प्राविधिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै एक अनुसन्धानमूलक शिक्षा प्रदान गर्न एक दीर्घकालीन कम्तिमा १० करोड बराबरको निश्चित धनराशी सङ्कलन गरी बैंकमा आवधिक बचत जम्मा गर्ने आएको व्याजबाट प्रतिवर्ष क्याम्पसको प्रशासनिक खर्च चलाउने उद्देश्यका साथ हामी अघि बढि रहेका छौ ।
बर्तमानमा हाम्रो गलकोट बहुमुखी क्याम्पस एक सामुदायिक क्याम्पसको हैसियतले विश्वविद्यालय अनुदान आयोग बाट वार्षिक प्राप्त हुने करिब १५ लाख रुपियाँ, गलकोट नगरपालिकाबाट प्रतिवर्ष प्राप्त हुने गरेको १० लाख रुपियाँ तथा विद्यार्थीहरुबाट उठने शुल्क बाहेक अन्य रकम स्थानीय अभिभावकहरुको सहयोग राशीबाट चल्दै आएका छौं ।
वि.सं. २०६१ को धानञ्चल मूल यज्ञलाई हामीर्ला जग्गादाताबाट करिव २५ लाख रुपियाको जग्गा, करिव एक करोड उन्पचास लाख रुपिया चन्दा बोलेकोमा तत्कालीन अवस्थामा एक्काइस लाख तीस हजार रुपिया खर्च भएको थियो । तत्काल करिव उन्पचास लाख रुपिया उठेको थियो । बाँकी करिव एक करोड उठाएर क्याम्पस भवन तथा प्राध्यापक तलबमा खर्च भइ हाल करिब ७ लाख रुपियाँ उठन बाँकी छ । १ लाख ५० हजार उठने सम्भावना भए पनि करिव ५ लाख ५० हजार उठन नसक्ने चन्दाको रुपमा क्याम्पस व्यवस्थापन समितिले निर्णय गरी सकेको अवस्था छ ।
माथि उल्लेख गरिए झै प्राविधिक धार सहितको अनुसन्धानमुलक शैक्षिक वातावरण सहितको स्नाकोत्तर तहका कक्षा सञ्चालन गर्न भौतिक पूर्वाधार निर्माणका साथै ःएजष्,ि एजम गरेका पूर्णकालीन प्राध्यापक समेत को व्यवस्थापन गर्नु पर्ने अवस्थामा हाम्रो वर्तमान आर्थिक स्रोतले नपुग्ने यहाँहरुलाई जानकारी गराउन चाहन्छौं ।
भवन निर्माण गरी सरकारी तथा गैर सरकारी सहयोग प्राप्त हुने भएता पनि दैनिक प्रशासनिक खर्च सञ्चालन गर्न तथा जग्गा खरिद गर्न सरकारी सहयोग प्राप्त नहुने सन्दर्भमा हामीले अब करिब २० करोड बराबरको रकम जम्मा गरी आधा ररकम जग्गा व्यवस्थापन गर्नै तथा आधा रकम बैंकमा आवधिक बचत गर्नै बाध्यात्म परिस्थितिलाई मध्यनजर गर्दै हामीले यही फागुन ६ गतेदेखि १३ गतेसम्म भागवत भाष्कर पं. कमल नयन गौतमज्यूबाट गलकोट माध्यमिक विद्यालयको प्राङ्गणमा शैक्षिक ज्ञान महायज्ञ लगाउन गइ रहेका छौं ।
एकातिर यहाँसम्म आइपुग्दा हामीलाई गलकोट नगरपालिका, विश्वविद्यालय अनुदान आयोगका अतिरिक्त गलकोट नगरपालिका वडा नंं ३ घर भइ हाल अष्ट्रेलियामा रहनु भएका श्री दिपक अधिकारी, श्री मनोज अधिकारी, वडा नं. २ का श्री दुर्गा कुवर तथा श्री हेमलाल सुनार अमेरिकामा बसोबास गर्ने श्री केशव गौतम, र गलकोट समाज जापानले हाम्रा आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुबाट छात्रवृत्ति प्रदान गर्दै सामुदायिक क्याम्पसको रुपमा चिनाउने अवसर प्रदान गर्नु भएको छ ।
त्यसै गरी क्याम्पसमा सिसी टिभी क्यामेरा जडान गरी सुविधा सम्पन्न क्याम्पसको रुपमा अगाडि बढाउन हाल काठमाडो बसोबास गर्ने श्री प्रशान्त ढकालले सहयोग पु¥याउनु भएको छ । उहाँहरुको सहयोगलाई क्याम्पसले कहिल्यै पनि भुल्ने छैन आर्थिक तथा भौतिक सुधारको क्षेत्रमा यहाँहरुको सहयोग हाम्रा लागि कोशे ढुङ्गा सावित हुने छ ।
गलकोट माध्यमिक विद्यालयको माया ममता हेरचाह, सक्रियता एवं अभिभावकत्वमा स्थापना भई यहाँसम्म आइपुग्दा हामी गलकोट माध्यमिक विद्यालयको नाममा रहेको बगरको जग्गामा गलकोट नमुना माध्यमिक विद्यालयको भवन निर्माण भइ रहेको अवस्थामा हामी बगरमा खुम्चिएर बस्न सकेनौं । क्याम्पस र विद्यालय स्वच्छ एवं खुल्ला रुपमा फक्रिन फुल्न पाउन भन्ने उद्देश्यका साथ बगरमा यस क्याम्पसको नाममा रहेको करिब ६ रोपनी जग्गा गलकोट माध्यमिक विद्यालयलाई दिने र हटिया बिच बजारमा रहेको ५ तले करिव ३२ कोठासहितको सुविधा सम्पन्न २ वटा भवन गलकोट बहुमुखी क्याम्पसलाई वैधानिक रुपमा हस्तान्तरण गर्न दुवै संस्थाका व्यवस्थापन समितिको संयुक्त बैठकको निर्णयअनुसार सट्टापट्टाको लागि तयार भएका छौ । यस महायज्ञको पागुन ६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महायज्ञको पाँचौ दिन फागुन १० गते नेपाल रिकरका सम्माननी प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यहाँसम्म आइपुग्दा हामीले भुल्नै नहुने एउटा कुरा के छ भने गलकोट बहुमुखी क्याम्पस गलकोट नमुना माध्यमिक विद्यालयले जन्माएको संस्था हो । कतिपय तपाईँ हामी गलकोट माध्यमिक विद्यालयमा अध्ययन अध्यापन गराएका व्यक्ति छौ । अहिलेको गलकोट शिक्षा क्षेत्रमा नयाँ फड्को मारिरहेको छ । यहाँ स्थित सामुदायिक तथा संस्थागत विद्यालयहरुले गलकोट नगरपालिकाको अगुवाइमा शिक्षा क्षेत्रमा आपूmलाई अगाडि बढाइ रहेका छन । देश विदेशमा रहनु भएका तपाईँ हाम्रा दाजुभाइहरु गलकोट कै शिक्षण संस्थामा अध्ययन गरी देश विदेशमा गलकोटको नाम फैलाइ रहनु भएको छ ।
गलकोटको यही माटोमा हुर्किएर यहाँ कै शिक्षण संस्थाबाट शिक्षा लिएर देश विदेशमा रोजगारी एवं व्यवसायक लागि जानु भएका हाम्रा गलकोटे दाजुभाइहरुलाई हार्दिकतापूर्वक अनुरोध छकि गलकोटबाट विश्वविद्यालय÷क्याम्पस तहको अध्ययन गर्न जान नसक्ने आर्थिक विपन्न वर्गका विद्यार्थी एवं पारिवारिक बाध्यताले गलकोटमा नै अध्ययन गर्नु पर्ने बाध्यतामा परेका जेहेन्दार विद्यार्थीहरुको पढाइमा प्रोत्साहन तथा सहयोग पुग्ने गरी आप्mनो कमाएको केही प्रतिशत रकम चन्दादान गर्नु भएमा त्यो भन्दा ठूलो जीवनमा अर्काे ठुलो पुण्य हुने छैन । आप्mनो जन्मस्थान मातृभूमि जसको प्रेरणाले हजुरहरुलाई विभिन्न क्षेत्रमा नाम कमाउन अवसर मिलेको छ त्यसै धर्तीको सम्झना र सम्मानमा कम्तिमा एक दिन हामीले सञ्चालन गरेको शैक्षिक महायज्ञमा सरिक भइ हाम्रो शैक्षिक उद्देश्यमा हौसला प्रदान गर्दै कार्यक्रमलाई सफल बनाइ दिनुहुन स्वदेश तथा विदेशमा रहनु भएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुलाई, गलकोटबाट बसाइँसराइँ गर्नु भएका आदरणीय व्यक्तित्वहरुलाई शिक्षाको धरोहर यस गलकोट बहुमुखी क्याम्पसलाई समृद्ध बनाउ २०८० फागुन ६ देखि १३ सम्म सञ्चालन गरिने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञमा सहभागी भइ हातेमालो गर्न हार्दिक अपिल एवं निमन्त्रणा गर्न चाहन्छु ।
भण्डारी गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुनुहुन्छ ।
समृद्ध गलकोटका लागि रेडियो गलकोट
समृद्ध शब्दको अर्थ उन्नति–प्रगति भएको, विकसित, सम्पन्न भन्ने हुन्छ । “गलकोट” भन्नाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, गण्डकी प्रदेश अन्तर्गत
शैक्षिक ज्ञान महायज्ञः इतिहासले सुम्पिएको जिम्मेवारी
गण्डकी प्रदेश, बागलुङ जिल्लाको मध्य पश्चिम गलकोट क्षेत्र र यसको आसपासको शैक्षिक धरोहर गलकोट बहुमुखी क्याम्पस वि.सं. २०६१ मा स्थापना भएको सामुदायिक
‘गलकोटका थकाली जातिको मौलिक संस्कार’
गण्डकी प्रदेश, बागलुङ जिल्लाको गलकोट नगरपालिका सांस्कृतिक, सामाजिक, जातीय तथा धार्मिक विविधता भएको पालिका हो । यहाँ विभिन्न जातजाति सम्प्रदायको








प्रतिकृया दिनुहोस