शैक्षिक ज्ञान महायज्ञः इतिहासले सुम्पिएको जिम्मेवारी
गण्डकी प्रदेश, बागलुङ जिल्लाको मध्य पश्चिम गलकोट क्षेत्र र यसको आसपासको शैक्षिक धरोहर गलकोट बहुमुखी क्याम्पस वि.सं. २०६१ मा स्थापना भएको सामुदायिक क्याम्पस हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायमा कक्षाहरु सञ्चालन हुँदै आइ रहेका छन । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९त्तब्ब्० को मार्गमा अघि बढन आशय पत्र समेत प्राप्त गरी गुणस्तरीय शिक्षाको अवधारणा अनुरुप आधारहरु तयार भइ रहेका छन । त्तब्ब् को पहिलो खुडकिलो स्वमूँल्याङ्कन प्रतिवेदन ९क्क्च्० विश्व विद्यालय अनुदान आयोगमा पेश यस वर्ष पेश भएको छ ।
यस क्याम्पस स्थापनाको अभियानमास्वदेश तथा विदेशमा रहनु हुने गलकोटवासी दाजुभाइ दिदी बहिनीहरूको महत्वपूर्ण योगदान रहेको छ । क्याम्पस स्थापनाको लागि वि.सं.२०६१ फागुन १४ देखि २२ गतेसम्म विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष वाचन शिरोमणि नारायण प्रसाद पोखरेलको प्रमुख वाचकत्वमा विश्वशान्ति धन धान्याञ्चल विराट ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । उक्त अवसरमा आम गलकोटबासीको न्यनने माया र सयोगका कारण १ करोड ५० लाख नगद तथा २५ लाख बराबरको जग्गा प्राप्त भएको थियो । उक्त अवसरमा गठित मूल समारोह समिति, विभिन्न उपसमितिहरूमा रहेर अहोरात्र खटिएर काम गर्ने महानुभावहरू, पूजा व्यवस्थापनमा खटिएर काम गर्ने पण्डितज्यूहरू, बहुमूल्य जग्गादान गर्ने जग्गादाताहरू, क्याम्पसको सम्भाव्यता अध्ययन र सम्वन्धन प्राप्तिका लागि विशेष भूमिका खेल्ने काठमाडौंमा कार्यरत गलकोटवासी प्राध्यापक वुद्विजीवीहरू, यही गलकोटमा रहेर वा गलकोटे महानुभावहरू विदेशमा भएर पनि यथासक्दो दान दिने दानवीरहरू, यस क्याम्पसमा संस्थापक शिक्षकको रुपमा रही कार्यक्रम सफल पार्न खट्नु हुने शिक्षक कर्मचारीहरु, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग अविस्मरणीय रहेको छ ।
पछिल्लो समयमा सूचना र प्रविधिमा आएको नयाँ आयमले गर्दा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न जनशक्ति उत्पादन गर्नको लागि क्याम्पसमा गुणस्तरीय शिक्षा, स्नातक तहमा विषय थप तथा स्तरोन्नति गरी स्नाकोत्तर तहका कक्षाहरु सञ्चालन गर्नु पर्ने वर्तमान समयको माग हो । यिनै आवश्यकतालाई शिरोधार्य गर्दै गलकाट बहुमुखी क्याम्पसले १९ औं वार्षिकोत्सवको अवसरमा यही फागुन ६ गतेदेखि १३ गतेसम्म ”गलकोट बहुमुखी क्याम्पस हाम्रो पहिचान, शैक्षिक गुणस्तर बृद्धि गर्ने आर्थिक अभियान“ भन्ने उद्घोषका साथ भागवत भाष्कर कमल नयन गौतमज्यूको प्रमुख वाचकत्वमा श्रीमद् भागवत शैक्षिक ज्ञान महायज्ञ– २०८० को आयोजना भएको छ ।
क्याम्पसको सेवा क्षेत्र पहिलाको गलकोट क्षेत्र भए पनि विशेष गरी हालको गलकोट नगरपालिका, ताराखोला गाउँपालिका पूर्ण रुपमा पर्दछ भने बडिगाड गाउँपालिका, बरेङ गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका केही वडाहरू यस क्याम्पसका सेवा क्षेत्र हुन । यस क्याम्पसलाई शैक्षिक, भौतिक र आर्थिक पक्षमा समृद्ध बनाई त्त ब्ब् कार्यक्रमको प्रमाणीकरण ल्याई अन्तराष्ट्रिय गुणस्तरको सुनिस्चितता प्राप्त गर्नको लागि लागि आधारर बनाउनका लागि यो महायज्ञ आयोजना गरिएको छ । गलकोटबासी दाजुभाइ तथा दिदीबहिनीहरुको आर्थिक तथा भौतिक सहयोगबाट नै यस क्याम्पस आजको अवस्थामा आइपुगेको हो ।
यसको थप उन्नति र विकास गर्नुपर्ने आवश्यकता महसुस गरी यस गलकोट क्षेत्रका जनप्रतिनिधिहरु, बुद्धिजिवी, शिक्षक, कर्मचारीहरु, व्यापार व्यवसायीहरु, यस क्याम्पसका पूर्व जग्गादाता तथा चन्दादाताहरुको सामुहिक छलफलअनुसार यस क्याम्पसको १९ औं वार्षिकोत्सवको अवसरमा ‘विशेष शैक्षिक उत्सव’ स्वरुप विभिन्न कार्यक्रम सहित धार्मिक कार्यक्रम गर्ने निर्णय भएकोले यसको लक्ष्य हासिल गर्नका लागि हामी सबैले मन, वचन र कर्मले एकताबद्ध भएर बढनु पर्दछ ।
शैक्षिक ज्ञान महायज्ञको उद्देश्यः
१) जग्गा तथा भौतिक व्यवस्थापनः
वि..सं. २०६१ फागुन १४ देखि २२ सम्म सञ्चालित विश्वशान्ति धनधान्यनञ्चल ज्ञान महायज्ञबाट प्राप्त जग्गामा चन्दा वापत प्राप्त भएको रकमबाट १५ कोठा सहितको २ तले भवन निर्माण तथा अन्य शैक्षिक व्यवस्थापन गरी हाल स्नातक तहका द्य।भ्म।, द्यद्यक्। का कक्षाहरु सञ्चालन हुँदै आइरहेका छन् । आगामी दिनमा यस क्याम्पसमा परिवर्तित समय र परिस्थिति अनुसार विश्वबजार अनुरुपको विषयहरु द्यक्अ।ब्न।, द्यद्यब्।, द्यऋब्, द्यज्ः।, द्यक्ष्त् जस्ता सङ्कायहरु सञ्चालन गर्नुपर्ने, हाल भइरहेका विषयहरुको स्तरोन्नति गरी स्नातकोत्तर तहका कक्षाहरु सञ्चालन गर्नु पर्ने र त्यसको लागि अहिले सञ्चालन भईरहेको स्थानमा समय सापेक्षित तथा अन्तराष्र्टि मापदण्डय अनुसारको क्याम्पस सञ्चालन हुन नसक्ने भएकोले हाल भईरहेको क्याम्पसलाई एउटा मूल इकाइको रुपमा राखेर अन्य भवन निर्माण तथा थप सङ्कायहरु यही गलकोट नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६, ७, ९ को उपयुक्त स्थानमा कम्तीमा २० रोपनी भन्दा बढी जग्गा खरिद गनुपर्ने आवश्यकता भएकाले श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ–२०८० सञ्चालन गर्नु परेको हो ।
क्याम्पसका लागि मापदण्ड अनुसारका शान्त र मनोरम कक्षाकोठा, पुस्तकालय तथा वाचनालय स्थापना गर्न, सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना तथा स्मृति कक्षसहितको बहुउद्देश्यीय सभा हलको स्थापना गरी शैक्षिक गतिविधी सञ्चालन गर्न, क्याम्पसको प्रशासकीय भवन निर्माण गर्नको लागि श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ–२०८० सञ्चालन गर्नु परेको हो ।
गुणस्तरीय शिक्षा प्रदान गर्न तथा टाढाबाट आउने विद्यार्थीहरुको आवश्यकतालाई मध्य नजर राख्दै यस गलकोट क्षेत्रमा माध्यमिक विद्यालय तह उतीर्ण गरेका विद्यार्थीहरुलाई यही क्याम्पसमा अध्ययन गर्न प्रोत्साहन गर्ने तथा बाहिरका विद्यार्थीहरुलाई छात्रबास, छात्रवृत्तिको व्यवस्था गर्न साथै यस गलकोट नगरपालिकाका वडा नं. ३ भन्दा बाहिरका विद्यार्थीहरूलाई आउन जानका लागि क्याम्पस बसको व्यवस्था गर्न, विद्यार्थीको शारीरिक तथा मानसिक बृद्धि विकास गर्नका लागि खेलकुद मैदान व्यवस्थापन, साना सवारी पार्किङ, क्यान्टिन र प्रतिक्षालय स्थापना गर्नका लागि श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ–२०८० सञ्चालन गर्नु परेको हो ।
वि.सं. २०६१ सालको गलकोट बहुमुखी क्याम्पस सहयोगार्थ सञ्चालन गरिएको धन धान्याञ्चल विराट ज्ञान महायज्ञमा सहयोग गर्ने र अहिलेको शैक्षिक ज्ञान महायज्ञ २०८० मा सहयोग गर्ने सहयोगदाताहरूको सम्मानका लागि स्मृति कक्ष एवं स्मृति पार्कको व्यवस्थापन गर्नको लागि गर्नको लागि श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ–२०८० सञ्चालन गर्नु परेको देखिन्छ ।
२) शैक्षिक गुणस्तर बृद्धि तथा स्तरोन्नति
गुणस्तरीय र जीवनेपयागी शिक्षा अहिलेको आवश्यकता हो । क्याम्पसमा शैक्षिक सामाग्री र खेलकुद सामाग्रीहरूको उचित व्यवस्थापन गर्न, क्याम्पसमा दक्ष तथा पूर्णकालीन जनशक्तिको व्यवस्थापन गरी अगाडि बढन, शैक्षिक गुणस्तर बृद्धि गर्न यस क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको त्तगबष्तिथ ब्ककगचबलअभ बलम ब्अअचभमष्तबतष्यल(त्तब्ब् (गुणस्तर सुनिश्चितता तथा प्रत्यायन) मा तथा विभिन्न विश्व विद्यालय तथा प्राविधिक शिक्षालयसँग सम्बन्धन प्राप्त गरी यस गलकोट क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गर्ने र हाल भईरहेको सङ्कायहरुको स्तरवृद्धि गर्नको लागि श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ–२०८० सञ्चालन गर्नु परेको हो ।
३) आर्थिक पक्ष
गलकोट बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएकोले क्याम्पसको व्यावस्थापनको मुख्य जिम्मेवारी समुदायमा नैं रहने गर्दछ । क्याम्पसको शैक्षिक भौतिक विकासको लागि आर्थिक व्यावस्थापनको मुख्य दायित्व स्थानीय समुदायमा नै जाने र नेपाल सरकारको पूर्ण दृष्टिकोण जान नसक्ने भएकोले यसको समग्र विकासको लागि हामी सबैको पूर्ण जिम्मेवारी भएकोले क्याम्पसको गुणस्तर सुधार, स्त्तरोन्नति र भौतिक व्यवस्थापनको लागि करिव २० करोड रूपैँया संकलन गर्नको लागि श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ–२०८० सञ्चालन गर्नु परेको हो ।
उपर्युक्त उद्देश्यहरु परिपूर्तिका लागि गलकोट क्षेत्रको एकमात्र सामुदायिक क्याम्पसको दीर्घकालीन रुपमा गुणस्तरीय शैक्षिक विकास तथा भौतिक व्यवस्थापनको लागि श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञको आयोजना गरिएको हो । यो अभियानलाई सफल पार्न देश विदेशमा रहनु भएका सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरुको साझा दायित्व हो ।
गलकोट क्षेत्र ऐतिहासिक, सामाजिक, सांस्कृतिक दृष्टिले देश विदेशमा परिचित छ । गलकोटमा उच्च शिक्षाको धरोहर गलकोट बहुमुखी क्याम्पस हो । यस क्याम्पस स्थापनाको लागि यहाँका जनताले देखाएको माया, सदभाव र सहयोग गरेकै कारण यो क्याम्पस बागलुङ जिल्लामा सञ्चालित सामुदायिक क्याम्पसमा अब्बल बनेको छ । अब यस क्याम्पसलाई नेपालकै अब्बल सामुदायिक क्याम्पसको रुपमा स्थापित बनाउनका लागि हामी सबैले आआप्mनो क्षेत्रबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने र अरुलाई पनि आर्थिक, भौतिक, नैतिक सहयोग गन वातावरण निर्माण गर्नु पर्दछ । इतिहासले सुम्पिएको यस महान जिम्मेवारी हामी सबैले बहन गर्नु पर्दछ ।
”गलकोट बहुमुखी क्याम्पस हाम्रो पहिचान, शैक्षिक गुणस्तर बृद्धि गर्ने आर्थिक अभियान“ भन्ने उद्घोषका साथ भागवत भाष्कर कमल नयन गौतमज्यूको प्रमुख वाचकत्वमा यही २०८० फागुन ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ–२०८० मा नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड , गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेको समेत उपस्थिति रहने छ । नेपाल सरकारका कार्यकारी प्रधानमन्त्रीको उपस्थितिले महायज्ञकोको महत्व र गरिमालाई बढाएको छ । महायज्ञ सफल बनाउन महायज्ञ मूल समारोह समिति, विभिन्न उपसमितिहरु योजनाबद्ध रुपमा आआप्mनो क्षेत्रमा खटिइ रहनु भएको छ । अव स्वदेश तथा विदेशलाई कार्य क्षेत्र बनाएर अगाडि बढेका नेपालीहरुले गलकोटको शैक्षिक इतिहासमा नयाँ कीर्तिमान राख्ने गरी यस अभियानमा जुटौँ । शैक्षिक ज्ञान महायज्ञ–२०८० को सफलता तपाई, हाम्रो, सबैको सफलता हो ।
समृद्ध गलकोटका लागि रेडियो गलकोट
समृद्ध शब्दको अर्थ उन्नति–प्रगति भएको, विकसित, सम्पन्न भन्ने हुन्छ । “गलकोट” भन्नाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, गण्डकी प्रदेश अन्तर्गत
‘गलकोटका थकाली जातिको मौलिक संस्कार’
गण्डकी प्रदेश, बागलुङ जिल्लाको गलकोट नगरपालिका सांस्कृतिक, सामाजिक, जातीय तथा धार्मिक विविधता भएको पालिका हो । यहाँ विभिन्न जातजाति सम्प्रदायको









प्रतिकृया दिनुहोस