नेपाली कांग्रेसबाट बागलुङ–१ मा श्रीस र २ मा पौडेल उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गाएको छ । कांग्रेस बागलुङ क्षेत्र नम्बर १ मा भीम श्रीस र क्षेत्र नम्बर २ मा टेकराज पौडेललाई उम्मेदवार बनाउने भएको हो ।
केन्द्रीय समितिले सोमबार श्रीस र पौडेलको नाम टुङ्ग्याएको कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो । बागलुङका दुई वटै क्षेत्रमा २०७४ र २०८९ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा सहभागिता हुन सकेको थिएन ।
२०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य पाठकले चम्पादेवी खड्कालाई पराजित गरेका थिए भने २०७९ सालमा कांग्रेसको सहयोगमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी विजयी हुनु भएको थियो ।
त्यस्तै क्षेत्र नम्बर २ मा हाल २०७४ सालमा बाम गठबन्धनबाट तत्कालीन माओवादी केन्द्रका देवेन्द्र पौडेल हुनुभएको थियो । उहाँले कांग्रेसका निरज पुनलाई पराजित गर्नुभएको थियो । २०७९ सालमा पनि कांग्रेससँगको गठबन्धनबाट पौडेल विजयी हुनुभएको थियो । उहाँले एमालेकी मञ्जु शर्मा चालिसेलाई पराजित गर्नुभएको थियो ।
श्रीस र पौडेल लामो विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा संक्रिय हुँदै आएका छन् । केही दिन अगाडि सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट दुवै जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
बागलुङ–१ मा मतगणना शुरु
बागलुङ क्षेत्र नम्बर–१ मा मतगणनामा शुरु भएको छ । बागलुङ क्षेत्र नम्बर एकको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको छ । आज बिहान अबेर
बागलुङमा नेकपा र जनमोर्चाद्वारा चुनावी सहकार्य
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सहकार्य गर्ने भएका छन् । बागलुङको
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ –१ मा आचार्य २ मा शाही उम्मेदवार
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो








प्रतिकृया दिनुहोस