बागलुङ–१ मा मतगणना शुरु
बागलुङ क्षेत्र नम्बर–१ मा मतगणनामा शुरु भएको छ । बागलुङ क्षेत्र नम्बर एकको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको छ ।
आज बिहान अबेर सम्पन्न सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि मतदानस्थल अनुसार मतगणना गनुपर्ने राजनैतिक दलहरुको माग भएका कारण दिउँसो १ः१५ बजेबाट मतगणना शुरु भएको छ ।
प्रत्येक मतदानस्थलको अलग–अलग मत गणना गर्न थालिएको हो । बागलुङ नगरपालिका–१ र काठेखोला गाउँपालिका–१ नम्बर वडाबाट मतगणना गर्न थालिएको हो । मतगणना दुई स्थानमा थालिएको छ ।
राजनैतिक दलका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृतको कार्यालयबीच सहमती जुटेपछि मतदानस्थलको छुट्टाछुट्टै मतगणनामा गर्न थालिएको हो ।
मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले मतपेटिका खनाएर मतगणना शुरु गर्नुभएको थियो ।
बागलुङमा नेकपा र जनमोर्चाद्वारा चुनावी सहकार्य
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सहकार्य गर्ने भएका छन् । बागलुङको
नेपाली कांग्रेसबाट बागलुङ–१ मा श्रीस र २ मा पौडेल उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गाएको छ । कांग्रेस
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ –१ मा आचार्य २ मा शाही उम्मेदवार
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो








प्रतिकृया दिनुहोस