बागलुङमा नेकपा र जनमोर्चाद्वारा चुनावी सहकार्य
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सहकार्य गर्ने भएका छन् । बागलुङको क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई सघाउने र क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवारलाई सघाउने दुई पार्टीले सहमति गरेका हुन् ।
बागलुङको क्षेत्र नम्बर १ मा नेकपाबाट टिकट पाएका कृष्ण केसीले उम्मेदवार दर्ता नगर्ने र जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारीलाई समर्थन गर्नुहुने भएको छ । त्यस्तै क्षेत्र नम्बर २ मा जनमोर्चाका उम्मेदवार भीमलाल पोखरेल पछि हट्ने र नेकपाका नेता ज्ञामनाथ गैरे (अनिल)लाई समर्थन गर्नुहुने भएको हो ।
बागलुङमा चुनावी सहकार्य गर्न नेकपाको केन्द्रीय कार्यालयको तर्फबाट गणेशमान पुन र जनमोर्चाको केन्द्रीय सचिव घनश्याम न्यौपानेले सहमतिमा हस्ताक्षर गरेका छन् ।
जनमोर्चाको बलियो प्रभाव रहेको क्षेत्र नम्बर १ मा नेकपा पछि हटेर सघाउने र नेकपाको प्रभाव रहेको क्षेत्र नम्बर २ मा जनमोर्चा पछि हटेर जित निकाल्ने योजनासहित सहकार्य गरेका हुन् ।
यसअघि क्षेत्र नम्बर १ मा जनमोर्चाको नेता चित्र बहादुर केसी विजयी हुनुभएको थियो भने क्षेत्र नम्बर २ बाट नेकपा नेता देवेन्द्र पौडेल विजयी हुनुभएको थियो । अहिले चित्र बहादुर समानुपातिकमा बसेर कृष्ण अधिकारीलाई टिकट दिनुभएको छ भने देवेन्द्र नवलपरासी पश्चिमबाट उम्मेदवार बनेर नेकपा नेता ज्ञामनाथलाई टिकट दिनुभएको थियो ।
यसअघि कांग्रेस, माआवादीसहित ५ दलीय गठबन्धनबाट जनमोर्चाका चित्र बहादुर के.सी ले २९ हजार ४ सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो । एमालेका सूर्य पाठकले यो क्षेत्रमा १८ हजार ८२५ र रास्वपाका खिमानन्द कडेंलले ९ हजार १८१ मत ल्याउनुभएको थियो ।
क्षेत्र नम्बर २ मा गठबन्धनबाट २४ हजार ७७९ मत ल्याएर पौडेल विजयी हुनुभएको थियो एमालेकी मञ्जु शर्माले २० हजार १८० मत ल्याउनुभएको थियो । यो क्षेत्रमा अहिले नेकपाले पार्टीमा योगदान गरेका र क्षमता भएर पनि अवसर नपाएका नेताका रुपमा चिनिएका ज्ञामनाथलाई टिकट दिएर सहानुभूति पाइरहेको छ ।
जनमोर्चा र नेकपा मिल्दा दुबैले जित्न सक्ने देखेरै चुनावी सहकार्य गरिएको नेताहरूले बताएका छन् ।
बागलुङ–१ मा मतगणना शुरु
बागलुङ क्षेत्र नम्बर–१ मा मतगणनामा शुरु भएको छ । बागलुङ क्षेत्र नम्बर एकको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको छ । आज बिहान अबेर
नेपाली कांग्रेसबाट बागलुङ–१ मा श्रीस र २ मा पौडेल उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गाएको छ । कांग्रेस
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ –१ मा आचार्य २ मा शाही उम्मेदवार
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो








प्रतिकृया दिनुहोस