• ON AIRबुलबुल
  • UP NEXTप्रसारण बन्द ध्वनी

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना : धान नकाट्न अनि लामो दूरीको यात्रा नगर्न सल्लाह

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि नै देखिने भएको छ ।

नेपालमा यसको प्रभावले आजदेखि मौसम बदली हुन थाल्ने र भोलिदेखि शनिबारसम्म वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बुधबार देशका धेरैजसो ठाउँमा बादल लाग्नेछ ।

आजराति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश प्रदेशमा मध्यमसम्मको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अर्नब चक्रवातको प्रभावले भोलि बिहीबार, पर्सि शुक्रबार र शनिबार देशका विभिन्न ठाउँमा ठूलो वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाका अनुसार भोलिदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको छ । त्यस्तै महाशाखाले पर्सि शुक्रबार र शनिबार कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुन सक्ने चेतावनी दिएको छ ।

यसैगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ । यो बेला सकेसम्म लामो दूरीको यात्रा नगर्न, पदयात्राका योजना स्थगित गर्न तथा पाकेको बाली धान तत्काल नकाट्न सल्लाह छ । मुख्य बाली धान काटेको भए आजै भित्र्याउन र खेतमै भए अब मौसम खुलेपछि मात्रै काट्न र भण्डारण गर्न नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई आग्रह गरेको छ ।

यो चक्रवात भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गरेको भारतीय मौसम विभागले जनाएको छ । नेपाल आउँदा चक्रवातको तीव्रता घटे पनि यसले प्रभाव पार्नेछ । शनिबार पूर्वतिर केन्द्रित हुने तर तीव्रता केही घट्ने अनुमान छ । त्यसपछि मौसम क्रमशः खुल्दै जाने महाशाखाले जनाएको छ ।

यसअघि असोजमा बङ्गालको खाडीमा यस्तै चक्रवात बन्ने आँकलन गरिए पनि त्यसले चक्रवातको रूप लिन सकेन । यद्यपि असोज ९ देखि ११ गतेसम्म नेपालमा पानी परेको थियो ।

अहिलेको चक्रवातले केही ठाउँमा त्यसबेलाको भन्दा धेरै वर्षा र हिमपात गराउन सक्ने प्रारम्भिक आँकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस

दशैँको अन्तिम दिन आज राति जाग्राम बसेर समापन गरिँदै

दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ । असोज शुक्ल

बुधबारदेखि बाली भित्र्याउने र लामो दुरीको यात्रा नगर्न मौसमविद्को सुझाव

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातीय प्रणालीमा परिणत हुने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यसको प्रभावले यही

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ । खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि

↑