• ON AIRबुलबुल
  • UP NEXTप्रसारण बन्द ध्वनी

संगम युवा क्लबको समीक्षा बैठक सम्पन्न

संगम युवा क्लब गलकोट नगरपालिका वडा नम्वर ६, ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला–२०८३ को समीक्षा बैठक सम्पन्न भएको छ । 

‘राष्ट्र निर्माणमा युवाहरूको सहभागिता, समुन्नत समाज विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गत कार्तिक ५ गतेदेखि १० गतेसम्म सञ्चालन भएको वार्षिकोत्सव तथा मेलाको समीक्षा गर्दै बैठक सम्पन्न भएको हो । 

बैठकमा क्लबले आयोजना गरेका विभिन्न कार्यक्रम, खेलकुद प्रतियोगिता, सांस्कृतिक लगायतका कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको समिक्षा गरिएको थियो । 

बैठकमा क्लबका अध्यक्ष अमोज विकले वार्षिकोत्सव तथा मेला सफल बनाउन सबैको साथ, सहयोग र सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले युवाहरूलाई एकताबद्ध गर्दै सामाजिक विकास, खेलकुद प्रवद्र्धन तथा स्थानीय कला र संस्कृतिको संरक्षणमा क्लबले निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो । 

अध्यक्ष विकले आगामी दिनमा पनि युवाहरूको सक्रिय सहभागितामा सामाजिक तथा रचनात्मक गतिविधिलाई प्राथमिकता दिँदै क्लबका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले महिला भलिबल खेलको विकास र प्रवद्र्धनका लागि आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै खेलको स्तर उकास्ने दिशामा क्लबले पहल गर्ने बताउनुभयो । 

त्यस्तै बैठकमा मेलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, स्थानीयवासी, खेलाडी, कलाकार, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने समेत प्रतिवद्धता जनाईएको थियो । 
 

प्रतिकृया दिनुहोस

नेपाली कम्युनिष्ट पार्टीको मजुवाफाँटमा श्रद्धाञ्जली सभा सम्पन्न 

नेपाली कम्युनिष्ट पार्टीले गलकोट नगरपालिका वडा नम्वर ६ मजुवाफाँटमा रम्बी कुमारी साहानीको नवौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न

बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जन्मदिनको अवसरमा प्लास्टिक ब्याग सहयोग

गलकोट नगरपालिका वडा नम्वर ४ स्थित बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई छोराको २५ औँ जन्मोत्सवको अवसरमा औषधी तथा स्वास्थ्य सामग्री राख्न प्रयोग

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव सम्पन्न 

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सम्पन्न भएको छ ।  ‘राष्ट्र निर्माणमा

↑