• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

पर्यटकलाई लोभ्याउँछ गाईघाट झरनाले, हेर्नुहोस् पाँच तस्विर

साबिकको तारा, अर्गल, हिल, अमरभूमी जाने बाटोको मुलद्धारमा रहेको सानो घाट, त्यही छेउमा मानिस दिवंगत भए यही अत्येष्टी गरिन्थ्यो । मोटरबाटो थिएन । वारिपारि जाने फराकिलो गोरेटो पनि थिएन । यो घाट आसपासमै पुरानो जीर्ण झोलुंगे पुल ।

त्यसको ठिक अघि डरलाग्दो अग्लो छहरा खस्थ्यो । ती पुल र भीरबाट कुनै दिन गाईहरु खसेर मरे । गाई मात्र होइन, अनगिन्ती खच्चड पनि खसेर मरे । अनि मान्छेले आफ्नो घाटको नाम परिवर्तन गरेर भन्न थाले गाईघाट । 

समयक्रम बित्दै गयो । गाईघाटको नजिक भएर मोटर गुड्न थाले । स्थानीयले पर्यटन प्रर्वद्धनको माध्यम छहरालाई बनाए । त्यही छेउको पुरानो अग्लो छहरालाई झरना बनाइयो । त्यस आसपासमा बगैचा बनाएर अहिले गाईघाट झरना पर्यटक आकर्षित गर्ने जिल्लाको ताराखोला गाउँपालिकाको गन्तव्य बनेको छ ।

प्राकृतिक सुन्दरयुक्त गाईघाट झरना ५० मिटर अग्लो छ भने भित्रपट्टी रहेको गुफाले पनि पर्यटकलाई लोभ्याउँछ । गुफामा पूजाआजा समेत हुन्छ । कहिल्यै पनि धमिलो पानी नखस्ने हुँदा झरनाको सौन्दर्य हरेक याममा उस्तै देखिन्छ । 

कोरोनाका कारण पर्यटक झरनामा पुगेर अबलोकन गर्ने अबस्था नभएपनि झरना पर्यटकको रोजाईको केन्द्र बनेको छ । 

हेर्नुहोस् गाईघाट झरनाको प्राकृतिक सुन्दरता 

प्रतिकृया दिनुहोस

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा

बोबाङमा गृहमन्त्री रामबहादुर थापा 'बादल'

ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा बुधबार रातिको बाढिले पु¥याएको क्षतिको रामबहादुर थापा बादल ले स्थलगत अवलोकन गर्नुभएको छ

कोरोना कहरका विच 'काठमाण्डौं' (फोटो फिचर)

गत चैत ११ गतेदेखि लागू गरिएको बन्दाबन्दी (लकडाउन)  औपचारिक रुपमा अन्त्य भएको छ । योसँगै लकडाउनमा लागू गरिएका धेरै प्रतिबन्धहरु खुकुलो भएका छन् ।