अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको तयारी तिब्र
कार्यशालाको लागी ९० लाख बिनियोजन
गलकोट नगरपालिका वडा नम्बर ५, टेउवामा अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको लागि तयारी तिब्र पारिएको छ ।
गलकोट कला प्रतिष्ठानले कार्यशाला चलाउन पूर्वाधार तयारीको काम अघि बढाएको छ । देश विदेशका मूर्तिकार सहभागी हुने कार्यशालामा मूर्तिकलाका कृतिको संग्रहालय बनाउन कार्यशाला गर्न लागिएको हो । कार्यशाला व्यवस्थापनको लागि स्थानिय जनताहरुले २ वर्ष अगाडि ११ रोपनी जग्गा कार्यशाला निर्माणको लागि निशुल्क उपलब्ध गराएसँगै कार्याशाला निर्माणको कार्य थालिएको थियो ।
कार्यशाला स्थलमा जग्गा व्यवस्थापन, सडक र शौचालय निर्माणको काम भइसकेको प्रतिष्ठानले जनाएको छ । अहिले प्रतिष्ठानले मुर्तिकला कार्यशालामा पुग्नको लागि मोटरबाटो निर्माण गरिसकेको छ । कार्याशालामा मुुर्ति निर्माण गर्नको लागि आवश्यक कच्च सामाग्री खोज्ने कार्य भैरहेको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्या पुर्ण बहादुर रानाले जानकारी दिनुभयो । प्रतिष्ठानले कार्यशालामा राखिने मुर्ति निर्माणको लागि दरमखोलामा २ टन भन्दा ठुला ढुङ्गा र गलकोट नगरपालिका वडा नं ३ को सह्रसधारामा उपयुक्त ढुङगा छनोट गरेको रानाले बताउनुभयो ।
अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला निर्माणको लागि संघिय सरकारले ५० लाख र गण्डकी प्रदेश सरकारले ४० लाख गरि ९० लाख बजेट विनियोजन गरिएको छ । मुर्तिकला कार्यशाला निर्माण गर्नको लागि करिब“तीन करोड खर्च लाग्ने अनुमान छ,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी छ ।” उहाँले राज्य र निजी क्षेत्रको सहयोगले मात्र कार्यशाला सफल हुने धारणा राख्नुभयो ।
कार्यशालाका मुख्य योजनाकार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ ओम खत्रीले कार्यशालामा सिर्जित मूर्ति संग्रहालयमा राखिने बताउनुभयो । उहाँका अनुसार अन्तराष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारले कार्यशालास्थलमै बसेर मूर्तिकलाका कृति सिर्जना गर्नेछन् । “कार्यशालामा सहभागिताका लागि अन्तराष्ट्रियस्तरमा आह्वान गर्छौं” खत्रीले भन्नुभयो “दरखास्त हाल्ने मध्येबाट छनोटमा परेका मूर्तिकार मात्र कार्यशालामा सहभागी हुनुहुनेछ ।”अन्तराष्ट्रिय मूर्तिकारको संस्थामा समेत आबद्ध रहनुभएका खत्रीले कार्यशालामा न्यूनतम पनि १० जना विदेशी र पाँचजना नेपाली मूर्तिकार सहभागी हुने बताउनुभयो ।
कार्यशालास्थललाई अन्तराष्ट्रियस्तरको मूर्तिकला संग्रहालय बनाउने प्रतिष्ठानको लक्ष्य छ । मूर्तिकारले कार्यशालामा बसेर प्रत्यक्ष रुपमा सिर्जना गरेका मूर्तिकलाका कृति संग्रहालयमा रहनेछन् । उक्त संग्रहालय देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने ललित कला क्याम्पसका मुर्तिकला, चित्रकला, ग्राफिग कम्युनिकेशन बिभाग प्रमुख एबं मुर्तिकार ओम खत्रीले बताउनुभयो ।
कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्ने अध्यक्ष रानाले जानकारी दिनुभयो । करीब १५ दिनदेखि एक महिनासम्मको अवधिसम्म कार्यशाला चल्ने जनाइएको छ । मूर्तिकारले स्थानीय ढुंगाबाट मूर्तिकलाका कृति सिर्जना गर्ने जनाइएको छ ।“मूर्तिकारको कला प्रत्यक्षरुपमा अवलोकन गर्ने अवसर पनि मिल्नेछ” अध्यक्ष रानाले भन्नुभयो “देश, विदेशका मूर्तिकारका अमूल्य कलाकृति संग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ ।” उक्त संग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन अनुसन्धानको केन्द्रसमेत बन्ने ठानिएको छ । प्रतिष्ठानले पूर्वाधार र मूर्तिकला कार्यशालाका लागि करीब रु तीन करोड खर्च लाग्ने अनुमान गरेको छ जसमध्ये रु डेढ करोड कार्यशालामा मात्र खर्च हुने जनाइएको छ ।
नेपालमै पहिलोपटक यस्तो कार्यशाला आयोजना गर्न लागिएको मूर्तिकार खत्रीले दाबी गर्नुभयो । गलकोटमै जन्मनुभएका खत्रीकै सोच र योजनामा कार्यशाला हुन लागेको हो । प्रतिष्ठानले मूर्तिकलासँगै अन्य विषयगत कलाको प्रवद्र्धन र उत्थानमा काम गर्ने लक्ष्य लिएको छ ।

(रेडियो गलकोटमा मुर्तिकला कार्यशाला बारे गरिएको अन्तरबार्तामा आधारित )
मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका
नेपाली काग्रेस पाण्डबखानीको शुभकामना आदानप्रदान
गलकोट नगरपालिका वडा नंं. १० पाण्डवखानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा कार्यसमिति गलकोट नगरपालिका वडा नं. १०,
रास्वपा ताराखोला–२ को वडा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नंं. २ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पूर्ण बहादुर खत्रीको सभापतित्वमा ११










प्रतिकृया दिनुहोस