रास्वपा ताराखोला–२ को वडा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नंं. २ को वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले पूर्ण बहादुर खत्रीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
समितिको उपसभापतिमा नर बहादुर घर्ती मगर, सचिवमा मन बहादुर रोका मगर र अन्य सदस्हरु रहनुभएको छ । त्यस्तै पालिका प्रतिनिधिको रुपमा ईन्द्र बहादुर रोका मगर र प्रकाश रोका मगरलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै पार्टीका जिल्ला सभापति ढालिन्द्र रायमाझिले पार्टीलाई संगठनात्मक रूपमा बलियो र जनतामाझ स्थापित बनाउन वडा तहको संगठन विस्तार महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पार्टीले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारमुक्त राजनीतिक संस्कारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै जनताको वास्तविक समस्या र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्न नवनिर्वाचित समितिलाई आग्रह गर्नुभयो ।
रायमाझीले पार्टीको नीति, सिद्धान्त र उद्देश्यलाई जनस्तरसम्म पु¥याउँदै आम नागरिकको विश्वास जित्ने गरी जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै सो अवसरमा पार्टीका क्षेत्रीय सभापति हिमाल खत्री, गलकोट नगर सभापति राजेन्द्र पुन, ताराखोला गाउँपालिका तदर्थ समिति सभापति गंगा प्रसाद गुरुङले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम पार्टीका गाउँपालिका तदर्थ समिति सभापति पूर्ण खत्रीको सभापतित्व र सदस्य प्रकाश रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।
मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका
नेपाली काग्रेस पाण्डबखानीको शुभकामना आदानप्रदान
गलकोट नगरपालिका वडा नंं. १० पाण्डवखानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा कार्यसमिति गलकोट नगरपालिका वडा नं. १०,
भयरखर्कमा स्वास्थ्य आमा समूहलाई तौल मेसिन हस्तान्तरण
गलकोट नगरपालिका वडा नंं ४ भयरखर्कमा सुत्केरी महिला भेटघाट तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ । बौर आधारभूत स्वास्थ्य सेवा










प्रतिकृया दिनुहोस