भोटेकोशी बाढीमा ज्यान गुमाएका सुनारको परिवारलाई गलकोट नगरपालिकाद्वारा ५० हजार सहयोग
भोटेकोशीमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका गलकोट नगरपालिका वडा नम्वर २ घामपानी निवासी रमेश सुनारको परिवारलाई गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
गत भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परी ज्यान गुमाएका सुनारको परिवारलाई नगरपालिकाले काजकिरिया खर्चस्वरूप नगद ५० हजार रुपैयाँ सहयोग गरेको हो । स्वर्गिय सुनारको १० औँ दिनको पुण्यतिथिका अवसरमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू उहाँको घरमै पुगेर उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले नागरिकलाई आइपर्ने हरेक दुःख, संकट र विपद्मा स्थानीय सरकार नागरिककै साथमा रहेर आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
निउरेले विपद्का कारण परिवारको सदस्य गुमाउनु निकै पीडादायी अवस्था रहेको बताउँदै यस्तो दुःखद् घडीमा पीडित परिवारलाई परेको पीडा कम गर्न नसकिए पनि स्थानीय सरकारको तर्फबाट साथ र सहयोगको अनुभूति गराउने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको बताउनुभयो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी, कार्यपालिका सदस्य भीम बहादुर वि.क., नगरपालिकाका कर्मचारी कमल सापकोटा लगायत गाउँका छिमेकी तथा आफन्तजनको सहभागिता रहेको थियो ।
रोजगारीका लागि भोटेकोशी क्षेत्रमा पुग्नुभएका सुनार घटनाको समयमा मध्य भोटेकोशी दोस्रो जलविद्युत् आयोजनाको २ सय १६ नम्बर टनेलमा कामदारका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ घटनाभन्दा चार दिनअघि मात्रै कार्यक्षेत्रमा पुग्नुभएको थियो भने बाढी आउनुभन्दा दुई दिनअघिदेखि टनेलमा काम गर्दै आउनुभएको थियो ।
भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता हुनुभएका सुनारको लामो समयसम्म खोजी गर्दा पनि शव फेला पर्न सकेको थिएन । शव नभेटिएपछि परिवार तथा आफन्तजनले गत कार्तिक १० गते कुशको शव बनाएर धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरेका थिए ।
स्वर्गीय सुनारको परिवारमा बुबाआमा, भाइ, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका
नेपाली काग्रेस पाण्डबखानीको शुभकामना आदानप्रदान
गलकोट नगरपालिका वडा नंं. १० पाण्डवखानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा कार्यसमिति गलकोट नगरपालिका वडा नं. १०,
रास्वपा ताराखोला–२ को वडा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नंं. २ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पूर्ण बहादुर खत्रीको सभापतित्वमा ११










प्रतिकृया दिनुहोस