• ON AIR
  • UP NEXT

गलकोटमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जनजागरण अभियान सुरु 

नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर कमिटीको आयोजनामा गलकोटमा राष्ट्रिय जनजागरण अभियान सुरु भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी रूपमा सञ्चालन गरेको दुई महिने राष्ट्रिय जनजागरण अभियानअन्तर्गत गलकोटमा आयोजित कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य फमलाल निउरेले वर्तमान सरकारले गरेका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै देशमा बढ्दै गएको बेथिति, विसङ्गति र अनियमितताविरुद्ध जनतालाई सचेत गराउन अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले सरकारका गलत गतिविधिको भण्डाफोर गर्दै जनतामाझ पार्टीका विचार र धारणा पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा पार्टी केन्द्रको परिपत्र नगर सहइन्चार्ज चन्द्रदत्त रेग्मीले प्रस्तुत गर्नुभएको थियो । यस्तै, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ज्ञामनाथ गैरे अनिल र केन्द्रीय आयोजक समिति सदस्य तिलक उप्रेतीले समसामयिक राजनीतिक अवस्था तथा पार्टीको अभियानका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि अभियानको उद्देश्य, वर्तमान राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाका विषयमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी गलकोट नगर संयोजक गंगा भुजेलको अध्यक्षता, नगर इन्चार्ज हर्क थापाको स्वागत र प्रदेश सदस्य खिम साहानीको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस

मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा 

गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका

नेपाली काग्रेस पाण्डबखानीको शुभकामना आदानप्रदान

गलकोट नगरपालिका वडा नंं. १० पाण्डवखानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली कांग्रेस वडा कार्यसमिति गलकोट नगरपालिका वडा नं. १०,

रास्वपा ताराखोला–२ को वडा अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नंं. २ को वडा अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले पूर्ण बहादुर खत्रीको सभापतित्वमा ११

↑