• ON AIR
  • UP NEXT

भयरखर्कमा स्वास्थ्य आमा समूहलाई तौल मेसिन हस्तान्तरण

गलकोट नगरपालिका वडा नंं ४ भयरखर्कमा सुत्केरी महिला भेटघाट तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा सामुदायिक क्लब भयरखर्कका पूर्व अध्यक्ष टीकाराम नेपालीले सफल एकता स्वास्थ्य आमा समूह भयरखर्कलाई एक थान तौल मेसिन हस्तान्तरण गर्नुभएको छ । 

यसैबीच, बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रले उत्तरप्रसूति सेवा अन्तर्गत अनुषा परियार नेपाली र नवजात शिशुको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य केन्द्रले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था जाँच गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरेको थियो । 

सुत्केरी भेटघाटका क्रममा सफल एकता स्वास्थ्य आमा समूहको तर्फबाट सुत्केरी नेपालीलाई  एक क्यारेट अण्डा तथा फलफूलसमेत वितरण गरिएको थियो । 

गलकोट नगरपालिका–४ मा स्वास्थ्य आमा समूहका पदाधिकारीहरूले करिब दुई वर्षदेखि काशेली तथा स्वास्थ्य सामग्रीसहित सुत्केरी भेटघाट कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छन् भने यस कार्यक्रमले सुत्केरी महिला र समूहबीच आत्मीयता, एकता तथा अपनत्वको भावना विकास गर्नुका साथै सुत्केरी अवस्थामा महिलालाई आवश्यक मानसिक तथा भावनात्मक साथ प्रदान गरिरहेको बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख गणेश सुनारले बताउनुभयो । 

यसै अवसरमा सुत्केरी महिलाकी सासू पम्फा नेपालीले स्वास्थ्य आमा समूहलाई एक थान बाफ लगाउने मेसिन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
 

प्रतिकृया दिनुहोस

मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा 

गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका

नेपाली काग्रेस पाण्डबखानीको शुभकामना आदानप्रदान

गलकोट नगरपालिका वडा नंं. १० पाण्डवखानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली कांग्रेस वडा कार्यसमिति गलकोट नगरपालिका वडा नं. १०,

रास्वपा ताराखोला–२ को वडा अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नंं. २ को वडा अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले पूर्ण बहादुर खत्रीको सभापतित्वमा ११

↑