• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

गलकोटमा दिनानुदिन मेला, गलकोट कन्सर्टकाे तयारी तिव्र  

गलकोटको घुम्टे पहाड, टेउवाको मुर्तिकला, गाईघाट गलकोट दरवार, गोलकोत कोतमन्दिर, निलुवा कालिलेक, भ्युटावर, सिद्धथापन र उदयबुद्ध बिहार लगाएतका दर्जनौ क्षेत्र गलकोटका पर्यटकिय तथा सुन्दर प्राकृतिक गन्तब्य हुन् । 

गलकोटमा रहेका प्राकृतिक स्रोत र साधन मात्रै होईन् कला र सस्कृति तथा खेलकुदका हिसाबले पनि गलकोट चर्चित गन्तब्य हो भन्दा सायद नै फरक पदैन् । चैत्र २० गते जनश्रृजनशिल युवा क्लबले आयोजना गरेको सास्कृतिक कार्यक्रम देखी हरेक दिनहरु मेला तथा सास्कृतिक कार्यक्रम संचालन भएका छन् । 

गत चैत्र २४ गते देखी गलकोट नगरपालिका ३ कोटमैदानमा चैतदशै मेला, चैत्र २८ गते देखी गलकोट नगरपालिका ६ जामुनडाँडामा नयाँ बर्ष मेला, निर्वाचनको आचारसंहिताका कारण रोकिएको लालिगुराँस उत्सव नै किन नहोस् । चैत्र ३० र बैशाख १ गते हुने गुराँस उत्सव रोकीएपनि सोही दिनमा अन्य मेलाहरु भने संचालन भएका थिए । 

आजदेखी लमाईमा संचालित सास्कृतिक कार्यक्रम नसकिदै बैशाख ३ गते गलकोट कन्सर्ट लगायका मेलाहरुले पनि गलकोट सास्कृतिक रुपमा उत्तिकै धनि क्षेत्रको रुपमा परिचय स्थापित बनाएको छ ।

श्रृजनाका हिसावले अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार, वा खेलुकदमा नेपाली भलिबलको भुमिको रुपमा गलकोटको चर्चा उस्तै हुने गरेको छ । गलकोटमा पहिलो पटक आयोजना गर्न लागिएको गलकोट कन्सर्ट पनि गलकोटको परिचय दिने नयाँ सास्कृतिक कार्यक्रम रहेको हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्टका संचालक मोहन केसिको भनाई छ । 

नयाँ बर्षमा शुभारम्भको अवसरमा सास्कृतिक प्रस्तुति पस्कने योजना अनुसार गलकोट कन्सर्टको आयोजना गरिएको केसिको भनाई छ ।  पछिल्लो समय दक्ष जनशक्ति विदेश पलायन हुने समस्या बढि रहेको हुनाले आफ्नै जन्म भुमिलाई स्वर्ग बनाउनु पर्छ भन्ने  सपनाका साथ युवाहरु संगठित भएर पहिलो कन्सर्ट सञ्चालन गर्न लागेको केसी बताउनुहुन्छ । 

गलकोटको कला तथा संस्कृतिको संरक्षण गर्ने र पर्यटकीय सम्भावना वोकेका स्थलहरुको गित संगितको माध्यमवाट प्रचारप्रसार गर्ने उद्देश्यले कन्सर्टको आयोजना गरीएको आर्थिक संयोजक मिन थापाले बताउनुभयो । उहाँका अनुसार कन्सर्ट सञ्चालन तथा  व्यवस्थापनको लागि करिव १५ लाख खर्च हुनेछ । 

गलकोटमा कन्सर्ट पहिलो कार्यक्रम हो प्रचार प्रसार संयोजक भुमिराज थापाले भन्नुभयो, पहिलो कार्यक्रमलाई सफल पार्न प्रचारप्रसार, कार्यक्रम स्थल निर्माण लगाएतको कामलाई तिब्रता दिएका छौं । 

थापाका अनुसार कन्सर्टमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त चर्चित कलाकारहरु विष्णु खत्री, शान्ति श्री परियार, अस्मिता अधिकारी, प्रकाश दुतराज, ईश्वर सिंह, एचविएन किस्मत लगाएतका कलाकारको साङ्गितिक प्रस्तुति रहनेछ ।
 
 

प्रतिकृया दिनुहोस

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर

नेशन गट ट्यालेन्टको टप ९ मा गलकोटकी आयु 

नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ ।  गलकोट नगरपालिका वडा नं ६ नेपाने

नायिका पुनको “मन सय तोलाको” गीत सार्वजनिक 

देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ । तीजको गीत