गलकोटमा वृक्षरोपण गरी ४४ औँ बीपी स्मृति दिवस मनाईयो
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४ औँ स्मृति दिवस गलकोटमा वृक्षरोपण कार्यक्रमसहित श्रद्धापूर्वक मनाइएको छ ।
नेपाली कांग्रेस गलकोट नगर कार्य समितिको आयोजनामा गलकोट नगरपालिका वडा नं. ९ मा अवस्थित छिस, रिस्मी, दरबार अवस्थित लक्ष्मीनारायण विविध सेवा दिव्यधाम मन्दिर परिसरमा वृक्षरोपण गरी ४४ औं बीपी स्मृति दिवस मनाईएको हो ।
कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता, लोकतन्त्र, समाजवाद र मानवीय मूल्यलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ वृक्षरोपण गरिएको पार्टीले जनाएको छ ।
उक्त अवसरमा फलफूल, रुद्राध्यक्ष तथा छायाँ दिने खालका १३ प्रजातिका बोटबिरुवा रोयिएको नेपाली कांग्रेस गलकोट नगर सहसचिव टिकाराम गौतमले जनाकारी दिनुभयो । उक्त बोट विरुवाहरुले वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास लिईएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस गलकोट नगर सभापति विरजंग भण्डारीले बीपीको विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र जनउत्तरदायी राजनीतिक संस्कृतिका लागि उहाँको मार्गदर्शन आजको समयमा पनि आवश्यक रहेको बताउनुभएको थियो ।
जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको कार्यक्रम नेपाली कांग्रेस गलकोट नगर सहसचिव टिकाराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
गलकोट सेरा बजारका कृष्ण पोखरेलको उपचारका लागि परिवारद्धारा सहयोगको अपील
गलकोट नगरपालिका वडा नं. ३ सेरा बजार निवासी कृष्ण पोखरेल ’सेतु’ गम्भीर बिरामी परेपछि उहाँको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ । अचानक
स्मार्ट बोर्डको उद्घाटनसंगै गलकोटका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार
गलकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक प्रविधिको प्रयोग मार्फत शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री
गलकोट नगर कार्यपालिकाको बैठक सम्पन्न
गलकोट नगरपालिकामा आर्थिक वर्ष २०८३-०८४ को पहिलो नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ । बैठकमा विगतका आयोजना तथा कार्यक्रमहरूको समीक्षा,








प्रतिकृया दिनुहोस