• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

गलकोट सेरा बजारका कृष्ण पोखरेलको उपचारका लागि परिवारद्धारा सहयोगको अपील

गलकोट नगरपालिका वडा नं. ३ सेरा बजार निवासी कृष्ण पोखरेल ’सेतु’ गम्भीर बिरामी परेपछि उहाँको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ । 

अचानक देखिएको उच्च रक्तचापका कारण मस्तिष्कमा गम्भीर समस्या भएपछि उहाँको टाउकोको अपरेसन (शल्यक्रिया) गरिएको छ । समयमै शल्यक्रिया भएकाले उहाँको ज्यान जोगिए पनि उपचारका क्रममा हालसम्म झण्डै १८ लाख रुपैयाँ खर्च भइसकेको र अझै थप खर्च लाग्ने परिवारले जनाएको छ । 

परिवारको आर्थिक अवस्था पहिलेदेखि नै अति कमजोर रहेको र उपचारमा सोँचेभन्दा धेरै ठूलो रकम खर्च भइसकेकाले अब थप उपचारका लागि आर्थिक अभाव भएको निजका श्रीमती सीता पोखरेलले बताउनुभयो । घरको मूख्य कमाउने व्यक्ति नै अस्पतालको बेडमा छटपटाइरहेको र सर्वस्व खर्चिएर ऋण थपिएपछि परिवार अहिले ठूलो मानसिक तथा आर्थिक पीडामा परेको पोखरेलले बताउनुभयो । 

उपचारमा थप खर्च लाग्ने भएकाले परिवारले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोगको अपील समेत गरेको छ । सहयोग गर्न ईच्छुक महानुभावहरुले प्रभु बैंक अन्तर्गत सीता विश्वकर्मा नाम रहेको खाता नं. ०८८००९९४६९८०००११ मा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

पोखरेलको अहिले पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ । 

प्रतिकृया दिनुहोस

स्मार्ट बोर्डको उद्घाटनसंगै गलकोटका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार 

गलकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक प्रविधिको प्रयोग मार्फत शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री

गलकोट नगर कार्यपालिकाको बैठक सम्पन्न 

गलकोट नगरपालिकामा आर्थिक वर्ष २०८३-०८४ को पहिलो नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।  बैठकमा विगतका आयोजना तथा कार्यक्रमहरूको समीक्षा,

गलकोट नगरपालिका ६ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु 

गलकोट नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ ।  वि.सं. २०७९ सालमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका नागरिकहरुको