गलकोट नगरपालिका ६ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु
गलकोट नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ ।
वि.सं. २०७९ सालमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका नागरिकहरुको परिचयपत्र वितरण कार्य आजबाट सुरु भएको वडा कार्यालयले जनाएको छ । जिल्ला वा बाहिरका केन्द्रहरूसम्म पुग्नुपर्ने बाध्यतालाई हटाउँदै आफ्नै घरदैलोको स्थानीय तहबाट सेवा पाएपछि स्थानीय नागरिकहरू निकै हर्षित भएका छन् ।
९२९ जना वडाबासीको परिचयपत्र वडामा आएको मध्ये पहिलो दिन आज २१४ जना नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको गलकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम प्रसाद कंडेलले जानकारी दिनुभयो ।
तत्कालीन समयमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) विवरण बुझाएर कार्डको पर्खाइमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरी विभागबाट प्राप्त भएका कार्डहरू संकलन गरेर वडाबाटै बाँड्न थालिएको अध्यक्ष कंडेलले बताउनुभयो । उहाँले स्थानीय सरकारको दायित्व नै नागरिकलाई सहज तरिकाले सेवा पु¥याउनु रहेको बताउनुभयो । वृद्धवृद्धा र अशक्तहरूलाई त झनै ठूलो राहत पुगेको छ उहाँले भन्नुभयो, आगामी दिनमा पनि सिंहदरबारको अधिकार र सरकारी सेवाहरू नागरिकको घरदैलोसम्मै पु¥याउन हामी निरन्तर क्रियाशील रहनेछौँ ।
२०७९ सालमा वडाबाटै विवरण संकलन गरेको र आज विभागबाट बनेर आएका ती कार्डहरू आफ्नै वडाबाट प्राप्त गर्न पाउँदा निकै खुसी लागेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा गई फाराम भरेकाहरुका लागि भने परिचयपत्र जिल्लाबाटै लिन सकिने र परिचपत्रको नयाँ आवेदन भर्ने व्यवस्था समेत रहेको वडाले जनएको छ ।
गलकोट सेरा बजारका कृष्ण पोखरेलको उपचारका लागि परिवारद्धारा सहयोगको अपील
गलकोट नगरपालिका वडा नं. ३ सेरा बजार निवासी कृष्ण पोखरेल ’सेतु’ गम्भीर बिरामी परेपछि उहाँको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ । अचानक
स्मार्ट बोर्डको उद्घाटनसंगै गलकोटका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार
गलकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक प्रविधिको प्रयोग मार्फत शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री
गलकोट नगर कार्यपालिकाको बैठक सम्पन्न
गलकोट नगरपालिकामा आर्थिक वर्ष २०८३-०८४ को पहिलो नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ । बैठकमा विगतका आयोजना तथा कार्यक्रमहरूको समीक्षा,








प्रतिकृया दिनुहोस