गलकोट नगर कार्यपालिकाको बैठक सम्पन्न
गलकोट नगरपालिकामा आर्थिक वर्ष २०८३-०८४ को पहिलो नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।
बैठकमा विगतका आयोजना तथा कार्यक्रमहरूको समीक्षा, प्रभावकारी कार्यान्वयन र आगामी कार्ययोजनाहरुलाई कसरी कार्यान्वयन गर्ने सम्बन्धी विविध विषयमा छलफल गरिएको थियो ।
त्यस्तै बैठकले ठेक्का म्याद सम्बन्धि नगरपालिकाभित्र सञ्चालित बालमैत्री फर्निचरको खरिद तथा आपूर्ति सम्बन्धी ठेक्काको म्याद थप गर्ने निर्णय गरेको छ ।
बैठकमा चालू आर्थिक वर्षभित्र सञ्चालन हुने सम्पूर्ण विकास निर्माण तथा लक्षित कार्यक्रमहरूको सम्झौता प्रक्रियालाई आगामी भदौ महिनाभित्रै सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर जि.सी ले जानकारी दिनुभयो ।
बैठक गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गलकोट सेरा बजारका कृष्ण पोखरेलको उपचारका लागि परिवारद्धारा सहयोगको अपील
गलकोट नगरपालिका वडा नं. ३ सेरा बजार निवासी कृष्ण पोखरेल ’सेतु’ गम्भीर बिरामी परेपछि उहाँको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ । अचानक
स्मार्ट बोर्डको उद्घाटनसंगै गलकोटका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार
गलकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक प्रविधिको प्रयोग मार्फत शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री
गलकोट नगरपालिका ६ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु
गलकोट नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । वि.सं. २०७९ सालमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका नागरिकहरुको








प्रतिकृया दिनुहोस