• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

स्मार्ट बोर्डको उद्घाटनसंगै गलकोटका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार 

गलकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक प्रविधिको प्रयोग मार्फत शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउने उद्देश्यले नगरभित्रका विद्यालयहरूलाई ४७ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका स्मार्ट बोर्डको आज एक कार्यक्रमबीच गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले उद्घाटन गर्नुभएको हो । 

स्मार्ट बोर्ड उद्घाटन गर्दै नगरप्रमुख गैरेले बदलिँदो समयसँगै शिक्षा क्षेत्रलाई पनि प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले वर्तमान समय विज्ञान, सूचना तथा सञ्चार प्रविधिको युग भएकाले विद्यालयहरूमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै विद्यार्थीलाई व्यवहारिक, गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने लक्ष्यका साथ नगरपालिकाले स्मार्ट बोर्ड वितरण कार्यक्रम सञ्चालन गरेको स्पष्ट पार्नुभयो । 

उहाँले परम्परागत शिक्षण प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दा विद्यार्थीको सिकाइप्रतिको रुचि बढ्ने, शिक्षकलाई विषयवस्तु प्रभावकारी ढंगले प्रस्तुत गर्न सहज हुने तथा कक्षाकोठाको सिकाइ वातावरण थप सहज बन्ने विश्वास व्यक्त गर्नुभयो । गैरेले नगरपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रको भौतिक, शैक्षिक तथा प्रविधिगत विकासलाई उच्च प्राथमिकतामा राखेर आवश्यक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । 

नगरपालिकाका अनुसार नगरभित्र सञ्चालित सम्पूर्ण माध्यमिक विद्यालय, कक्षा १ देखि ८ सम्म सञ्चालन भएका सबै आधारभूत विद्यालय तथा कक्षा १ देखि ५ सम्म सञ्चालन भएका विद्यार्थी संख्या बढी रहेका ३ आधारभूत विद्यालयलाई गरी कुल ४७ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो । यसबाट नगरका हजारौं विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । स्मार्ट बोर्डको प्रयोगसँगै विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठन सञ्चालन गर्न सहज हुने, श्रव्य–दृश्य सामग्रीमार्फत सिकाइलाई थप प्रभावकारी बनाउन सकिने तथा विद्यार्थीको सिर्जनशीलता र सहभागिता अभिवृद्धि हुने विश्वास नगरपालिकाले लिएको छ ।

कार्यक्रममा जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजिन्द्र बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी दीर्घकालीन रूपमा उपलब्धिमूलक हुने बताउनुभयो । उहाँले स्मार्ट बोर्डको प्रभावकारी प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धि सुधार हुनुका साथै शिक्षकलाई पनि प्रविधिमैत्री शिक्षण पद्धति अपनाउन थप सहज हुने बताउँदै उपलब्ध गराइएका सामग्रीको संरक्षण र अधिकतम सदुपयोग गर्दै शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र शिक्षा अधिकृत शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।  

नगरपालिकाले आगामी दिनमा पनि विद्यालयहरूमा आवश्यक प्रविधिमैत्री शैक्षिक सामग्री उपलब्ध गराउँदै गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि निरन्तर पहल गर्ने जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

गलकोट सेरा बजारका कृष्ण पोखरेलको उपचारका लागि परिवारद्धारा सहयोगको अपील

गलकोट नगरपालिका वडा नं. ३ सेरा बजार निवासी कृष्ण पोखरेल ’सेतु’ गम्भीर बिरामी परेपछि उहाँको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ ।  अचानक

गलकोट नगर कार्यपालिकाको बैठक सम्पन्न 

गलकोट नगरपालिकामा आर्थिक वर्ष २०८३-०८४ को पहिलो नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।  बैठकमा विगतका आयोजना तथा कार्यक्रमहरूको समीक्षा,

गलकोट नगरपालिका ६ मा राष्ट्रिय परिचयपत्र वितरण सुरु 

गलकोट नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ ।  वि.सं. २०७९ सालमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका नागरिकहरुको