सांसद शर्माद्धारा गलकोटमा भेटघाट
बागलुङ क्षेत्र नं. २ का सांसद सोम शर्माले गत असार १२ गते धान रोप्ने क्रममा करेन्ट लागेर मृत्यु भएकी हेमकली भण्डारीको परिवारसँग भेटघाट गर्नुभएको छ ।
अकालमा ज्यान गुमाउनुभएकी भण्डारीको परिवारलाई उहाँले सम्बन्धित निकायबाट उचित क्षतिपूर्ति तथा राहत दिलाउन पहल गर्ने आश्वासन व्यक्त गर्नुभएको थियो ।
त्यस्तै भेटघाटकै क्रममा सांसद शर्माले ताराखोला गाउँपालिका वडा नम्वर १ मा बन्न लागेको मध्य दरमखोला जलविद्युत आयोजनाका कारण स्थानीयवासीले भोग्नुपरेका विभिन्न वातावरणीय, भौतिक तथा प्राविधिक समस्याहरूबारे पनि जानकारी लिनुभएको छ । स्थानीयका गुनासाहरू सुनेपछि उहाँले आयोजना प्रमुख र सम्बन्धित निकायहरूसँग छलफल गरी विकासका कामबाट जनतालाई सास्ती नहुने गरी समस्याको उचित निकास निकाल्ने प्रतिबद्धता जनाउनुभएको जनाईएको छ ।
त्यस्तै वैदेशिक रोजगारीको नाममा क्यानडा पठाउने भन्दै दलालहरूबाट ठगीमा परेका पीडितहरूसँग समेत सांसद शर्माले भेटघाट गर्नुभएको थियो । राम्रो भविष्यको प्रलोभनमा परी लाखौँ रकम गुमाएका पीडितहरूको कुरा गम्भीरतापूर्वक सुन्दै उहाँले सोझासाझा जनतालाई ठग्ने दलालहरूलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन प्रहरी तथा गृह प्रशासनसँग जोडदार पहल गर्ने बताउनुभयो ।
जनप्रतिनिधिको रूपमा आफ्ना क्षेत्रका बासिन्दाको सुख–दुःख र परेका समस्यामा सधैँ अभिभावकीय भूमिका निर्वाह गर्दै अघि बढ्ने प्रतिबद्धता पनि सांसद शर्माले व्यक्त गर्नुभएको थियो ।
गलकोट सेरा बजारका कृष्ण पोखरेलको उपचारका लागि परिवारद्धारा सहयोगको अपील
गलकोट नगरपालिका वडा नं. ३ सेरा बजार निवासी कृष्ण पोखरेल ’सेतु’ गम्भीर बिरामी परेपछि उहाँको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ । अचानक
स्मार्ट बोर्डको उद्घाटनसंगै गलकोटका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार
गलकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक प्रविधिको प्रयोग मार्फत शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री
गलकोट नगर कार्यपालिकाको बैठक सम्पन्न
गलकोट नगरपालिकामा आर्थिक वर्ष २०८३-०८४ को पहिलो नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ । बैठकमा विगतका आयोजना तथा कार्यक्रमहरूको समीक्षा,








प्रतिकृया दिनुहोस