• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

हिलमा ताराखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

ताराखोला गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

ताराखोला मिडिया प्रा.लि.को आयोजना तथा ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम ताराखोला गाउँपालिका वडा नम्वर ३ हिलमा सम्पन्न भएको हो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्वर ३ हिल गाउँमा एक घर एक धाराको काम किन पूरा नभएको, हिलमा गाउँपालिकाबाट सुरु गर्ने भनिएको स्लेट ढुङ्गा छाप्ने कार्य किन सुरु नगरेको, कम उमेरका बालबालिकाहरु लागूपदार्थ तथा मादकपदार्थ सेवनमा लागिरहेकाले यसको समाधानमा गाउँपालिकाले कस्तो नीति ल्याएको छ, लघु उद्यम क्षेत्रतर्फ सञ्चालन भएका कार्यक्रमहरूले प्रभावकारिता पाएका छन् कि छैनन्, महिला लक्षित के कस्ता कार्यक्रमहरु सञ्चालन भएका छन्, स्वास्थ्य क्षेत्रतर्फ एचआईभी संक्रमितलाई पालिकाले के कस्ता सेवा उपलब्ध गराउने गरेको छ, विद्यालय मर्ज हुदाँ समस्या भएको, शिक्षा क्षेत्रमा उपलब्ध हुने छात्रावृत्ति वितरण कार्य कसरी हुँदै आएको छ, सडक निर्माणमा नापजाँच सबै ठाउँमा समान नभएको, विगतका वर्षमा बेरुजु धेरै रहने पालिकामा पछिल्ला वर्षहरूमा बेरुजु निकै कम भएको पाइएको छ यो कसरी सम्भव भयो, गत वर्ष विनियोजन भएको बजेट किन पूर्ण रुपमा खर्च हुन सकेन भन्ने लगायतका प्रश्न तथा जिज्ञासा राखेका थिए । 

कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर वि.क. हिमाल, उपाध्यक्ष भीम बहादुर रोका, प्रमुख प्रशासकीय अधिकृत बिमल रिजाल, शिक्षा शाखा प्रमुख युवराज शर्मा, स्वास्थ्य शाखा प्रमुख उदित थापा, प्राविधिक शाखा प्रमुख महेश विष्ट, वडा नं ३ का कार्यवाहक वडा अध्यक्ष प्रेम बहादुर बुढाथोकी, लघु उद्यम सहजकर्ता निरु घर्तीले उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनु भएको थियो ।  

त्यस्तै गाउँपालिका अध्यक्ष धन बहादुर विक हिमाल ले गाउँपालिका नागरिकको पक्षमा सधैं अग्रसर हुने बताउँदै नागरिकले उठाएको सुझाबलाई सम्बन्धित क्षेत्रमा सक्दो सम्बोधन गर्ने प्रतिबद्दता मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रमको सहजीकरण ताराखोला मिडिया प्रा.लि का सम्पादक खगेन्द्र विश्वकर्मा, टिप्पणी पत्रकार थम्मन थापा सन्देशले गर्नु भएको थियो भने, नागरिक सर्वेक्षण प्रतिवेदन सामुदायिक रेडियो गलकोटका प्राविधिक प्रमुख तथा प्रस्तोता विशाल वि.क.ले गर्नुभएको थियो । 

त्यस्तै ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  

कार्यक्रम ताराखोला मिडिया प्रा.लि.का अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता, ताराखोला गाउँपालिका वडा नम्वर ३ का कार्यवाहक वडा अध्यक्ष प्रेम बहादुर वुढाथोकीको स्वागत र ताराखोला मिडिया प्रा.लि.का सम्पादक पूर्णभद्र निउरे सञ्चालनमा सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस

गलकोट सेरा बजारका कृष्ण पोखरेलको उपचारका लागि परिवारद्धारा सहयोगको अपील

गलकोट नगरपालिका वडा नं. ३ सेरा बजार निवासी कृष्ण पोखरेल ’सेतु’ गम्भीर बिरामी परेपछि उहाँको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ ।  अचानक

स्मार्ट बोर्डको उद्घाटनसंगै गलकोटका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार 

गलकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक प्रविधिको प्रयोग मार्फत शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री

गलकोट नगर कार्यपालिकाको बैठक सम्पन्न 

गलकोट नगरपालिकामा आर्थिक वर्ष २०८३-०८४ को पहिलो नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।  बैठकमा विगतका आयोजना तथा कार्यक्रमहरूको समीक्षा,