बागलुङ सहितका जिल्लामा भारी वर्षाको चेतावनी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बागलुङ सहित देशका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज शनिबार र भोलि आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै हिमाली तथा पहाडी भूभागका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा पनि भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ ।
प्राधिकरणका अनुसार निरन्तर वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक अवरुद्ध हुने जोखिम बढेकाले आवश्यक सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ । पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, र स्याङ्जामा ठुलो पानी आउने संभावना रहेको छ ।
प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न, विशेषगरी रातिको समयमा सवारी आवागमनमा सावधानी अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचना पालना गर्न आग्रह गरेको छ । साथै खोलानाला, नदी किनार र पहिरोको जोखिम भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र आवश्यक परे तत्काल स्थानान्तरण हुन अनुरोध गरिएको छ ।
विपद् सम्बन्धी सूचना तथा सहायता आवश्यक परे ११४५, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ र विपद् सहायता नम्बर ११३४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

घरघरमा तुलसीको विरुवा रोपेर आज हरिशयनी एकादशी मनाइँदै
हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल
साउनको पहिलो सोमबार, शिवालय मन्दिरमा भक्तजनको घुइँचो
हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ । भगवान् शिवको
आज राति र भोलि देशका धेरै ठाउँमा आरिघोप्टे वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा विकसित








प्रतिकृया दिनुहोस