साउनको पहिलो सोमबार, शिवालय मन्दिरमा भक्तजनको घुइँचो
हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ ।
भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।
सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा रहँदै आएको छ । साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास छ। धर्मशास्त्रमा यो महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ ।
साउन महिना भगवान् शिवलाई प्रिय हुनुको धार्मिक विश्वास समुद्रमन्थनसँग जोडिएको छ । पुराणअनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले कालकूट (हालाहल) विष निस्किएको थियो । त्यस विषको प्रभावले सम्पूर्ण सृष्टि सङ्कटमा परेपछि भगवान् शिवले लोक कल्याणका लागि उक्त विष ग्रहण गर्नुभएको थियो, जुन समय साउन महिना थियो । विषको ताप कम गर्न देवताहरूले शिवलाई निरन्तर जल अर्पण गरेका थिए र यही घटनाको स्मरणमा साउनभर शिवलिङ्गमा जलाभिषेक गर्ने परम्परा सुरु भएको हो ।
सोमबारलाई भगवान् शिवको दिन मानिन्छ । संस्कृतमा ‘सोम’ शब्दको अर्थ चन्द्रमा हुन्छ । भगवान् शिवले चन्द्रमालाई आफ्नो जटामा धारण गरेका हुनाले उनलाई ‘चन्द्रशेखर’ पनि भनिन्छ ।
चन्द्रमा शीतलता, मन र शान्तिको प्रतीक मानिने भएकाले सोमबार शिवको पूजा गर्दा मन शान्त हुने, मानसिक तनाव कम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ । विशेषगरी साउनको सोमबारलाई अन्य महिनाको सोमबारभन्दा अझ बढी फलदायी मानिन्छ ।
घरघरमा तुलसीको विरुवा रोपेर आज हरिशयनी एकादशी मनाइँदै
हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल
बागलुङ सहितका जिल्लामा भारी वर्षाको चेतावनी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बागलुङ सहित देशका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च
आज राति र भोलि देशका धेरै ठाउँमा आरिघोप्टे वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति र भोलि देशका धेरै ठाउँमा मुसलधारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा विकसित








प्रतिकृया दिनुहोस