• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

बागलुङ सेवा समाज क्यानाडाको अध्यक्षमा गलकोटका केसी चयन 

बागलुङ सेवा समाज क्यानाडाको अध्यक्षमा गलकोट नगरपालिका वडा नं ९ का हरि केसी चयन हुनुभएको छ । 

क्यानाडाको टोरन्टोमा भएको वार्षिक साधारण सभाले हरि केसीको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्य समिति चयन गरेको हो । समितीको उपाध्यक्षमा दिलिप पौडेल, रोशन बोहोरा, महिला उपाध्यक्ष तथा  संयोजकमा यमुना खत्री र महासचिवमा माधव गौतम रहनुभएको छ । 

त्यस्तै सचिवमा गोपाल कँडेल, कोषाध्यक्षमा गीता खड्का र सह–कोषाध्यक्षमा देबु बस्नेत रहनुभएको छ । समितीको सदस्यहरुमा सुरेशराज गौतम, सरिता सुवेदी, डा.डिल्ली शर्मा, वीर बस्नेत, दुर्गा आचार्य रहनुभएको छ । 

त्यस्तै समाजको कार्यक्रम संयोजकमा राजन खत्री र युवा संयोजकमा दुबिका अधिकारी रहनुभएको छ । संस्थाले बागलुङमा विभिन्न सामाजिक कार्यमा सहकार्य र सहयोग गर्दै आएको छ ।

 अध्यक्ष केसीले २०१४ देखि उपलब्ध गराउन थालेको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिदैं अझ विस्तार गर्ने, संस्कृतिको जर्गना गर्दै संस्कृत भाषलाई जोगाउने, क्यानाडामा आएका नयाँ विद्यार्थीहरुलाई सहयोग पुग्ने उदेश्य सहित रोजगारदातासँग जोड्ने काममा पनि समाजले हातेमालो गर्ने योजना रहेको जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

रास्वपा जापानको अधिवेशन सकियो: नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जापानको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्टीको आगामी कार्य योजना तय गर्दै नागरिक मैत्री पार्टी बनाउने

संविधानले दिएको अधिकारलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्छ : एनआरएनए पुर्व अध्यक्ष आचार्य

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्का पूर्व अध्यक्ष कुल आचार्यलले एनआरएनए नागरिकता कार्यान्वयनमा भइरहेको ढिलाइप्रति गम्भीर

गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको भेटघाट 

गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको मंगलबार वारविक्यु तथा भेटघाट कार्यक्रम सिजुओका आवेगावा रिभर साईडमा सम्पन्न भएको छ । प्रवासमा रहेका सबै