• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा : आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने

बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ । गए राति देशको सुदूरपश्चिमबाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो । 

बागमती र गण्डकी प्रदेशमा केही ठाउँमा भने ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको १२ घण्टामा बागमती प्रदेशको चितवनमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा भएको छ । 

चितवन लगायत तनहुँ, नवलपरासी, कास्कीमा धेरै पानी परेको छ । हिजोदेखि लगातार परिरहेको पानी रोकिएको छैन । अहिले पानी पानी परिरहेको छ । आज र भोली पनि देशका धेरैजसो ठाउँमा मध्यम देखि ठूलो वर्षा हुने सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू –भागको थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू –भागको एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू –भागको एक÷दुई ठाउँमा धेरै ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू –भाग नजिक रहेको छ ।
 

प्रतिकृया दिनुहोस

घरघरमा तुलसीको विरुवा रोपेर आज हरिशयनी एकादशी मनाइँदै

हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल

साउनको पहिलो सोमबार, शिवालय मन्दिरमा भक्तजनको घुइँचो

हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ । भगवान् शिवको

बागलुङ सहितका जिल्लामा भारी वर्षाको चेतावनी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बागलुङ सहित देशका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च