राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ –१ मा आचार्य २ मा शाही उम्मेदवार
फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । बागलुङ क्षेत्र नम्वर १ बाट कल्याण विक्रम आचार्य र क्षेत्र नम्वर २ बाट अञ्चल शाहीलाई उम्मेदवार बनाउने भएको हो ।
निसीखोला गाउँपालिका निवासी शाहीले “जेनजीको रोजाइ, सक्षम युवाहरूको खोजी र सबै वर्ग–समुदायलाई एकतामा बाध्ने संकल्पसहित मेरो उम्मेदवारी रहनेछ”सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । शाही यस भन्दा अगाडी बागलुङको निसीखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर पराजित हुनुभएको थियो । शाही कलाकारिता तथा खेलको क्षेत्रमा रुची राख्ने युवा हुनुहुन्छ ।
बागलुङ क्षेत्र नम्वर १ बाट उम्मेदवार हुनुभएका युवा नेता आचार्य हाल राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजक हुनुहुन्छ । शैक्षिक रूपमा व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका आचार्य साहित्य लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँको उपन्यास ‘युवा उद्यमी’ प्रकाशित भइसकेको छ । राजनीतिमा आउनुअघि उहाँ सञ्चारकर्मीका रूपमा लामो समय सक्रिय हुनुहुन्थ्यो ।
बागलुङ–१ मा मतगणना शुरु
बागलुङ क्षेत्र नम्बर–१ मा मतगणनामा शुरु भएको छ । बागलुङ क्षेत्र नम्बर एकको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको छ । आज बिहान अबेर
बागलुङमा नेकपा र जनमोर्चाद्वारा चुनावी सहकार्य
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सहकार्य गर्ने भएका छन् । बागलुङको
नेपाली कांग्रेसबाट बागलुङ–१ मा श्रीस र २ मा पौडेल उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गाएको छ । कांग्रेस








प्रतिकृया दिनुहोस